स्थानीय तहमा नखट्ने कर्मचारीलाई छुट दिईदैन ः सामान्य प्रशासन मन्त्री
५ असोज, विराटनगर । सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतले सरकारले पठाएका ठाउँमा जान कर्मचारीहरुलाई निर्देशन दिएका छन् । सरकारको निर्देशन अटेर गर्ने कर्मचारीलाई छुट दिन नसकिने चेतावनी समेत उनले दिए । मन्त्री बस्नेतले सरकारले तोकेको स्थानमा जान अटेर गर्ने कर्मचारी राष्ट्रसेवक हुन नसक्ने बताए ।
राज्यको सेवा सुविधा लिएर सरकारले खटाएको स्थानमा जान्नँ भन्न कुनै कर्मचारीलाई छुट छैन, विराटनगरमा बिहीबार पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले भने । ट्रेड युनियनले पनि स्थानीय तहमा कर्मचारी संमायोजन गर्ने सरकारको निर्णयमा सहयोग गर्नु पर्ने मन्त्री बस्नेतको भनाइ छ ।
स्थानीय तहका लागि थप पाँच हजार कर्मचारी आवश्यक रहेको जानकारी पनि उनले दिए । मन्त्री बस्नेतले स्थानीय तहमा हाल ९ हजार मात्र कर्मचारी रहेकाले थप पाँच हजार कर्मचारी थप्नु पर्ने बताए । स्थानीय तहमा कुल १६ हजार कर्मचारी आवश्यक रहेकोमा सरकारले १४ सय ८४ कर्मचारी समायोजन गरिसकेको उनले जानकारी पनि दिए ।
‘