दोलखाका दुई युवाको यस्तो छुट्टै “ड्रिम्स ब्यावसाय”

Thursday, September 21st, 2017 |

साझावोली सम्वाददाता


५ भाद्र । दोलखा । दोलखा बैत्यश्वर गाउँपालिका–८, क्षेत्रपाका दुई युवाले आफ्नो जीवन सफल बनाउन धेरै प्रकारका ९ड्रिम्स० सपना देखे । शिक्षण पेशा, चाउचाउ फ्याक्ट्री, कम्प्युटर ईन्स्टिच्युट जस्ता थुप्रै व्यवसायका माध्यमबाट पनि सफल ब्यवसायी बन्ने सपना पुरा नभएपछि परिस्थितिले उनीहरु दुबैजनालाई बैदेशिक रोजगारीमा धकेल्यो । झण्डै ५÷६ बर्षसम्म बिदेशी भुमिमा श्रम, पसिना बगाएका दुई युवाले अन्ततः स्वदेशमै केही गर्ने सपना देखे ।

त्यो सपना अहिले ड्रिम्स क्याफे रेष्टुरेन्ट एण्ड बारका रुपमा संचालनमा आएको छ । अनि त्यसको मालिक बनेका छन्, क्षेत्रपाका पुस्कर कुमार अधिकारी र भरत कुमार श्रेष्ठ । दोलखा सदरमुकाम चरिकोटको सातदोबाटो नजिकै बिच बजारमा हालै संचालनमा आएको उक्त रेष्टुरेन्ट एण्ड बारमा दिनहुँ ग्राहकहरुको भिड देख्न सकिन्छ । संचालनको छोटो अबधीमै ग्राहकहरुको आकर्षणले व्यस्त बनेका प्रोपाईटर अधिकारीले भने, “हामीले दिन खोजेको गुणस्तरिय स्वादले ग्राहक सन्तुष्ट हुनुहुन्छ, आफै खट्दापनि सर्भिस गर्न भ्याई नभ्याई छ ।”

dream s.

अर्का प्रोर्पाइटर श्रेष्ठका अनुसार रेष्टुरेन्टमा स्वच्छ पारिवारिक वातावरणमा ग्राहकले फरक खालको सन्तुष्टि लिन सक्नेछन् । चरिकोटमा यसअघि खासै नपाईने नयाँ प्रकारका आईटम पनि चाख्ने पाईने उनले जानकारी दिए । हालसम्म उनीहरुले उक्त रेष्टुरेन्टका लागि झण्डै ३० लाख रुपैयाँ खर्च गरिसकेका छन् । दशैतिहार लगत्तै उनीहरुले दोलखा आउने पर्यटकलाई लक्षित गरी साँस्कृतिक साँझ लगाएतका माध्यमबाट मनोरञ्जन प्रदान गर्ने व्यबस्थित गेष्ट हाउस संचालनमा ल्याउने योजना पनि बनाएका छन् ।

“अहिलेसम्म दोलखा आउने पर्यटकहरु केही ठाउँ घुम्ने र भात खाएर फर्किने मात्रै भैरहेको छ, हामीले उनीहरुलाई भरपुर मनोरञ्जन सहित छुट्टै अनुभुति दिलाउने छौँ” अधिकारीले सुनाए । अधिकारी र श्रेष्ठ राजनिति र सामाजिक क्षेत्रमा समेत त्यत्तिकै सक्रिय युवा हुन् । विदेश रहँदा दोलखाली समाज युएई नामक सामाजिक संस्था स्थापना गरेका अधिकारी स्वदेशमा सक्रिय राजनिति गर्न चाहन्छन् । तर युवाहरुले अव आत्मानिर्भरता सहितको राजनिति गर्नुपर्ने उनीहरुको समान धारणा छ ।

dream 1

“आत्मानिर्भर नहुँदा जिवन धान्न नेताहरुको गुलाम बन्नुपर्ने, चन्दा उठाउनुपर्ने कि करप्सन या अन्य अबैध धन्दा गर्नुपर्ने बाध्यता हुन्छ, अधिकारी भन्छन्, स्वच्छ राजनिति र स्वरोजगार बन्नका लागि स्वदेशमै केही गर्न सकिन्छ ।”

VIEWS: 2179