अन्तराष्ट्रिय स्तरको च्याम्पियनसिपमा बिक बहादुर थामीले नेपाललाई दिलाए स्वर्ण र कांस्यपदक
४ भाद्र । काठमाण्डौँ । जापानमा हालै सम्पन्न अन्तराष्ट्रिय स्तरको च्याम्पियनसिपमा नेपाललाई स्वर्ण र पदक दिलाउने बीक बहादुर थामी राजधानी काठमाण्डौँमा सम्मानित भएका छन् ।
जापानको फुकुओकामा भएको १२ औँ सिजी निसिमुरा अन्तराष्ट्रिय कराते च्याम्पियनसिपमा उनले नेपाललाई कुमुतेमा स्वर्ण र कातामाा काँस्य पदक दिलाएका थिए । सिन्धुली घर भएका बीक बहादुरलाई अन्तराष्ट्रिय जगतमा खेलको माध्यमबाट देशको ईज्जत राखेको भन्दै विभिन्न संघ संस्थाले सम्मान गरेका हुन् । कराते च्याम्पियनसिपमा उनले देखाएको उत्कृष्ट प्रदर्शन गरेपछि सामाजिक संजालमा पनि वाहिवाहि पाएका छन् ।
अतिसिमान्तकृत थामी समुदायमा जन्मेर उनले अन्तराष्टिय स्तरको च्याम्पियनसिपमा स्वर्ण पदक र काँस्य पदक जितेर मुलुककै शिर उँचो बनाएका हुन् । सोही च्याम्पियनसिपमा महिला ५० केजीमारिमला राईले रजत तथा ५० केजीमा पुरुषोत्तम पोखरेलले काँस्य पदक जितेका थिए ।