दोलखाका खैरो हिरोईन कारोबारी १५ वर्ष कैद भुक्तानका लागि कारागार चलान

Wednesday, September 20th, 2017 |

४ भाद्र । दोलखा । अबैध लागु औषध खैरो हिरोईन मुद्धाका एक फरार अभियुक्तलाई दोलखा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भिमेश्वर नगरपालिका ५ का बासुदेब बस्नेतका छोरा कैलाश बस्नेत रहेका छन् ।

लागु औषध कारोवारको मुद्धामा उनलाई काठमाण्डौँ जिल्ला अदालतले २०७१ साल असोज महिनामा सफाई दिएको थियो । तर उच्च अदालत पाटनले २०७४ साल भदौ १७ गते काठमाण्डौँ जिल्ला अदालतको फैसला उल्ट्याउँदै कैलाशलाई दोषी ठहर गरेपछि प्रहरीले उनलाई खोजी गरिरहेको थियो । उच्च अदालत पाटनले उनलाई लागु औषध नियन्त्रण ऐन बमोजिम १५ बर्ष कैद तथा ५ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले पक्राउ परेका बस्नेतलाई बुधवार अदालत पेश गरी कैद भुक्तानका लागि कारागार समेत चलान गरिएको जानकारी दिए ।

VIEWS: 246