दोलखामा नयाँ शक्तिको ठुलो समुह माओवादी केन्द्रमा प्रबेश

Tuesday, September 19th, 2017 |

३, असोज । दोलखा । दोलखामा नयाँ शक्ति पार्टीको ठुलो समुह नेकपा माओवादी केन्द्रमा ध्रबीकृत भएको छ । नया शक्ति दोलखाको लगभग पुरै जिल्ला कमिटि माओवादी केन्द्रमा प्रवेश गरेको हो ।

सदरमुकाम चरिकोटमा आयोजित एक कार्यक्रमकाबीच नयाँ शक्तिका ४ जना केन्द्रिय परिषद सदस्यसहित चार दर्जन बढि जिल्ला स्तरिय नेता तथा कार्यकर्ता नेकपा माओवादी प्रवेश गरेका हुन् । प्रबेश गर्नेहरुमा केन्द्रिय परिषद सदस्य अर्जुन थपलिया, केन्द्रिय परिषद सदस्य तथा जिलला सह संयोजक भक्त थोकर, रण बहादुर थामी, खेसाङ्ग दोर्जे तामाङ रहेका छन् ।

यसैगरी प्रेस सोसाईटीका केन्द्रिय सदस्य दिल बहादुर केसि, नयाँ शक्ति विद्यार्थी युनियनका केन्द्रिय सदस्य चन्द्र कुमार लामा, युवा केन्द्रिय सदस्य ध्रुव कार्की, प्रबिण बस्नेत लगाएतपनि माओवादी केन्द्र प्रवेश गरेका छन् । उनीहरुलाई माओवादी केन्द्र दोलखाकी ईन्चार्ज देवी खड्का, सह ईन्चार्ज विशाल खड्का, जिल्ला संयोजक गोपाल पाण्डे लगाएतका नेताहमरुले पार्टीमा स्वागत गरे ।

नयाँ शक्ति पार्टी नेपाल, ब्रहत ध्रबीकरण संयोजन समिति दोलखाका संयोजक अर्जन थपलियाद्धारा हस्ताक्षरित विज्ञप्तीमा नयाँ शक्तिमा गम्भिर राजनितिक बैचारिक विचलन र अकर्मण्यता रहेको भन्दै परिबर्तन र उपलब्धीलाई संस्थागत गर्न माओवादी केन्द्रमा ध्रुबीकृत भएको उल्लेख छ ।

VIEWS: 1269

ताजा खबर