बिप्लव माओवादीका कार्यकर्ताद्धारा रामेछापका एलडिओमाथी दुव्र्यबहार

Monday, September 18th, 2017 |

२ असोज, रामेछाप । जिल्ला समन्वय समिति रामेछापका स्थानीय विकास अधिकारीलाई विप्लव माओवादी कार्यकर्ताहरुले दुव्र्यबहार गरेका छन् । एलडिओ दिनेशराज पन्तलाई नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले मोबिल खन्याएर दुर्व्यवहार गरेका हुन् ।

बिप्लव समूहका कार्यकर्ताहरुले सोमवार स्थानीय विकास अधिकारी पन्तको कार्यकक्षमै गएर कालो मोबिल खन्याएका थिए । पन्तले अपरिचित व्यक्तिले कार्यकक्षमै आएर मोसो खन्याएको बताए । उनले कार्यसम्पादनका बेला आफुमाथि दुव्र्यबहार गर्ने ब्यक्तिहरुलाई तत्काल कार्वाहीको माग गरे । कसैसँग कुनैपनि लेनदेन नभएको भन्दै पन्तले दुव्र्यवहार गर्नुको कारण नबुझेको बताए ।

यसैबीच जिल्ला समन्वय समितिले घटनाको घोर निन्दा गर्दै घटनाको तत्काल अनुसन्धान गरी दोषीमाथि हदैसम्मको कारवाही अघि बढाउन माग गरेको छ । नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति रामेछापले विज्ञप्ती मार्फत घटनाको जिम्मेवारी लिएको छ । सो पार्टीले एलडिओ पन्तले गलत क्रियाकलाप गरेको भन्दै कार्वाही स्वरुप मोविल खन्याइएको जनाएको छ ।

VIEWS: 153