१४ बर्षिया छात्राको बयान ः “भविष्य बनाउने गुरुले नै बर्वाद पार्न खोज्नुभो”
३० भाद्र । दोलखा । दोलखाको विगु गाउँपालिका ८ स्थित एक कालिञ्चोक आधारभुत विद्यालयमा एक शिक्षकले ६ कक्षामा अध्ययनरत १४ वर्षिया बालिका छात्रा माथी जबरजस्ती करणीको प्रयास गरेको घट्ना हालै सार्वजानिक भएको छ । बालिकाको जाहेरीपछि शिक्षक सुन्दर पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको जनाएको छ । जबरजस्ती करणीको प्रयासबारे ती वालिका छात्राको भनाई यस्तो छ……,
………“स्कुलमा हामी साथीहरुसँगै थियौँ । सरले तिमीहरुसँग केही तरकारी छ भनेर सोध्नुभयो, त्यतिबेला हामी केही बोलेनौँ । मलाई त सानैदेखि पढाउनुभएको गुरु हुनुहुन्थ्यो, उहाँलाई तरकारीको समस्या रहेछ भनेर मेरो घरमा तरकारी छ भनेर मैले भनेँ । मैले त्यसो भनेपछि नानी मलाई अलिकति तरकारी लिएर आउन भनेर भन्नुभयो, अनि म स्कुल छुट्टी भएपछि साँढे ३ बजे तरकारी लिएर आएँ, तीनवटा ईस्कुस, अलिकति चना र आलु लिएर आएँ । मैले कोठा बाहिरबाटै दिएको थिएँ, तर उहाँले भित्र लिएर आउ भन्नुभो, अनि मैले भित्र लगेर दिएँ । सरले त्यो तरकारी थालमा खन्याउनुभयो ।
त्यसछि म गएँ सर भनेर कोठाबाट निस्किँदा यहाँ आउ त नानु भनेर भन्नुभयो, अनि एउटा डिक्स्नरी बुक लिएर जाउ भनेर भन्नुभयो । त्यसो भन्दा मैले मलाई पर्दैन सर, भनेर फेरी कोठाबाट निस्किन खोज्दा तिमी आउ आउ भनेर फेरी बोलाउनुभो । अनि बोलाएपछि देब्रे हातमा चाँही डिक्स्नरी दिनुभयो, अनि अर्को दाहिने हातमा चाँही समातेर बेडमा लडाएर बलात्कार गर्न खोज्नुभयो । त्यसपछि म आमा भनेर बेस्सरी चिच्याउँदै फुत्केर बाहिर गएँ ।
त्यसपछि मंगलबार स्कुल जाँदाखेरी भेट हुँदा मैले थामी भनेर केही गर्न सक्दैन भनेर तपाईले हेप्न खोजेको हो भनेर भन्दा तिमी अबदेखि स्कुल नआउ भन्नुभो । पढ्नलेख्न मन छ भने स्कुल आउन पढ्न लेख्न मन छैन भने भोलीदेखि तिमी स्कुल नआउ भनेको हो । यसरी मेरो भविष्य बनाउने गुरुले मेरो भविष्य बर्वाद पार्न खोज्नुभयो ।
त्यसपछि पुलिसलाई खवर भयो, परिवारसहित त्यहाँको पुलिस चौकीमा पुगेर सबै भनेँ । पुलिस्ले सोरुङखोला देखि झोरुङखोलासम्म पु¥याईदिनुभयो । मलाई अगाडी लाएर मलाई त्यसो नभन नानु भनेर फकाउनुभयो, सिकाउनुभो, त्यो कुरा मलाई सबै थाहा छ । अनि मेरो त पढाई छुट्छ भनेर तिमी पनि ठाना पर्छौ, उपनि ठाना पर्छ, भनेर मलाई भन्नुभयो । अनि मेरो त पढाई छुट्छ, मेरो भविष्यको महत्व छ भनेर केही पनि बोलिन ।
पुलिस्ले चाँही तिमीले यो कुरा नभन नानु भनेर भन्दा मैले त हिजो जे जे बोलेको थिएँ जे घट्ना घट्न खोजेको थियो, सबै बताएरै छाड्छु सर, मेरो त गल्ती छैन, सबै भनेरै छाड्छु भन्दाखेरी तिमीले नभन भनेर मलाई फकाउनुभयो ।
मलाई अनि बुवालाई पैसा दिएर, अरु लोभ र डर देखाएर मिलाउनुपर्छ भनेर भने । मेरो ईज्जत भन्दा पैसा ठुलो होईन, दोषीमाथी कानुन अनुसार कारवाही भयो भने मैले न्याय पाउँछु ।”