दुई थान बहुमुल्य मुर्तिसहित दोलखामा एक पुरुष पक्राउ

Friday, September 15th, 2017 |

३० भाद्र । दोलखा । दोलखा भिमेश्वर नगरपालिकाका एक पुरुष बहुमुल्य मुर्तिसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा भिमेश्वर नगरपालिका ३ चरिकोटका ५८ वर्षिय ईन्द्र बहादुर श्रेष्ठ रहेका छन् ।

उनलाई चरिकोट बसपार्क स्थित एक होटलबाट दुई थान ढलवटको मुर्ति सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । होटलमा अस्वभाबिक चहल पहल भएको सुचनाका आधारमा खनतलासि गर्ने क्रममा श्रेष्ठलाई मुर्ति सहित पक्राउ गरिएको दोलखाका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

उक्त मुर्ति खरिद गर्ने उदेश्यले होटलमा ल्याईएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । प्रहरीका अनुसार मुर्ति कुन मन्दिरबाट ल्याईएको हो भन्ने खुल्न सकेको छैन । यद्यपी मुर्ति पुरातात्विक महत्वको हुनसक्ने भएकाले थप अनुसन्धान प्रक्रिया अघि बढाईएको डिएसपी कार्कीले बताए । दोलखामा यसअघि पनि पटक पटक मुर्ति चोरीका घट्ना हुँदै आएका छन् ।

VIEWS: 2050