टुकी संघ दोलखामा नयाँ नेतृत्व
२९ भाद्र । दोलखा । गामिण विकास टुकी संघ दोलखाको साधरणसभाले नयाँ नेतृत्व चयन गरेको छ । विनाशकारी भुकम्पका कारण निर्धारित समयभन्दा केही ढिलागरी बिहिवार सम्पन्न साधरणसभाले अध्यक्षमा प्रेम कुमारी चौलागाईलाई चयन गरेको छ ।
अघिल्लो कार्यसमितिमा उनी उपाध्यक्ष थिईन् । यसैगरी महासचिव, सचिव र कोषाध्यक्षमा क्रमशः मकरध्वज पाख्रिन, शोभा पोखरेल र बद्रि वहादुर कटुवाल चयन भएका छन् । उपाध्यक्षमा भने यो समाचार तयार पार्दासम्म सहमति जुट्न सकेको छैन । अघिल्लो कार्यसमिति चयनका बेला मतदान भएपनि यो पटक सर्बसहमतिमा नयाँ नेतृत्व चयन गरिएको हो ।
टुकी संघको कार्यसमितिमा प्रत्येक स्थानीय तहबाट एक एक जना पुरुष र महिला गरी १८ जना, एक जना खुल्ला, एक जना मनोनित, निबर्तमान अध्यक्ष पदेन सदस्य रहने व्यवस्था छ । टुकी संघले विभिन्न दातृ निकायसँगको सहकार्यमा दोलखामा विभिन्न कार्यक्रम संचालन गर्दै आएको छ ।