बलात्कारको प्रयास गरेको भन्दै छात्राको उजुरी पछि शिक्षक प्रहरीको नियन्त्रणमा

Thursday, September 14th, 2017 |

२९ भाद्र । दोलखा । दोलखा विगु गाउँपालिका ८ स्थित एक विद्यालयकी छात्राले आफ्नै शिक्षकले जबरजस्ती करणीको प्रयास गरेको भन्दै प्रहरीमा उजुरी दिएकी छिन् ।

स्थानीय कालिञ्चोक आधारभुत विद्यालय कक्षा ६ मा अध्ययनरत १४ बर्षिया थामी समुदायकी एक छात्राले सोही विद्यालयका शिक्षक सुन्दर पाण्डे विरुद्ध जिल्ला प्रहरी कार्यालय दोलखामा उजुरी दिएकी हुन् । कालिञ्चोक गाउँपालिका ४ घर भएका शिक्षक पाण्डे हाल उक्त विद्यालयमा सहायक प्रधानाध्यापकको रुपमा कार्यरत छन् । छात्राले दिएको उजुरीमा शिक्षक पाण्डेले पुस्तक दिने प्रलोभनमा डेरामा बोलाई जबरस्ती करणीको प्रयास गरेको दावी गरिएको छ । शिक्षकले करणीको प्रयास गरेपनि आफुले भागेर अस्मिता जोगाएको र आर्थिक लगाउत प्रलोभन देखाएर घट्ना छिपाउन खोजिएको छात्राले बताईन् ।

छात्रा परिवारको उजुरीपछि शिक्षक पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय दोलखाले पक्राउ परेका पाण्डेलाई जिल्ला अदालतबाट ४ दिनको म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाईएको जनाएको छ ।
स्थानीयका अनुसार छात्रा विद्यालय जान छाडेपछि घट्ना सार्बजानिक भएको हो ।

VIEWS: 1049