दोलखामा कमोडिटी बजारको ब्रोकरसिप संचालनमा, घरमै बसिबसि पैसा कमाउने माध्यम

Monday, September 11th, 2017 |

२६, भाद्र । दोलखा । सरकारले समेत मान्यता दिएको अन्तराष्ट्रिय बस्तु बजार (कमोडिटी मार्केट) को ब्रोकरसिप दोलखामा पनि संचालनमा आएको छ । सरकारले गत साउन ३ गते व्यवस्थापिका संसद मार्फत कमोडिटी बजारलाई नियमन गर्ने ऐन जारी गरिसकेको छ । यसबाट सामान्य नागरिकले पनि ईन्टरनेट अनलाईनको माध्यमबाट विश्व बजारमा व्यापारिक कारोवार गर्न सक्नेछन् । क्वीक लिंक ट्रडिङ हाउस प्राईभेट लिमिटेडले ब्रोकरसिप जिल्ला भित्र्याएर कारोवार सुरु गरेको जनाएको छ ।

संचालक दिलकृष्ण तामाङका अनुसार सुन, चाँदी, तामा, कच्चा तेल, चिनि, मकै, गहुँ, भटमास, अण्डा लगाएतका बस्तुको कारोवार गरिनेछ । उनका अनुसार कारोवारमा आउने जोखिम न्युनीकरणका लागि विभिन्न विद्यी प्रयोग गर्न सकिन्छ भने विमाको ब्यवस्था समेत मिलाईनेछ । एक हजार रुपैँया देखि जतिपनि लगानी गर्न सकिने यो बजारमा लगानीका सुरक्षाका उपायहरु सहित विस्तृत जानकारीका लागि चरिकोटमै कक्षा समेत संचालन गर्ने तयारी छ । तालिम लिएर एक जना विद्यार्थीले एक हजार रुपैँयाको कारोवार सुरु गर्यो भने उसले दैनिक १ सय रुपैँया मुनाफा आर्जन गर्नसक्ने तामाङले बताए । त्यसका लागि कम्प्युटर, ईन्टरनेट, बैंक एकाउन्ट, व्रोकर, टेड प्लेटफर्म र नलेज आवश्यक हुन्छ ।

के हो कमोडिटी बजार ?

सामान्यतया विभिन्न भौतिक बस्तुहरुको अन्तर्राष्टिय मूल्यलाई आधार मानेर लिलाम बढाबढमा सम्झौतापत्रको कारोबार गर्ने प्रणालीलाई कमोडिटी बजार भनिन्छ । भौतिक वस्तुहरुमा कृषि उपज, सुन, चाँदी, फलाम लगायत पर्दछन् । यसमा कारोबारको राफसाफ मुख्यतया दुई प्रक्रियाले हुन्छ । कारोबार गरिरहेको वस्तु निश्चित अवधिपछि भौतिकरुपमा प्राप्त गर्ने गरी वा नगदमा मात्रै राफसाफ गर्ने व्यवस्था हुन्छ । यो जोखिमयुक्त रहेपनि यसबारे कक्षा लिएर वा अनुभव प्राप्त गरेर कारोवार सुरु गर्दा छिटो धन आर्जन गर्ने माध्यम पनि बन्नसक्छ ।
यसमा बजार सुचकहरुको पुर्वानुमानको आधारमा यहाँ कारोबार हुने गर्छ ।

कसरी हुन्छ त कारोबार 

कमोडिटी बजारमा मुख्यतया चार किसिमका प्रोडक्टहरु प्रचलनमा छन्, फर्वार्ड, फ्युचर्स, अप्सन र स्वाप । नेपालमा मुख्य रुपमा फ्युचर्स कारोबार बढि प्रचलनमा रहेको छ । यस्तो कारोबारको लागि जुन वस्तुको कारोबार गर्ने हो त्यसको पहिले मूल्य तय गरिन्छ ।

सुन, चाँदी, फलाम, अन्न लगायतका बस्तुहरुको आधिकारिक मूल्य निर्धारण गर्दा यस्ता एक्सचेन्जहरुले विश्व बजारमा चलेको मूल्यलाई आधार मान्छन् । विश्व बजारमा हरेक दिन लाखौंरकरोडौं पटक यस्ता वस्तुको कारोबार हुन्छ । धेरै एक्सचेन्जले ब्लुमबर्ग, सिकागो मर्कन्टाइल एक्सचेन्जबाट मूल्य ९तथ्यांक किनेर० लिने गर्छन् ।

धितोपत्र बोर्डको नियमनको दायरामा आएकोले वस्तुबजारमा चलखेल हुने सम्भावना कम रहने विश्वास गरिएको छ । स्थानिय एक्सचेञ्चमा यस्तो मूल्य बजार निर्माताले तय गर्छन् । बजार निर्माता भनेका ब्रोकर कम्पनी वा क्लियरिङ हाउसहरु हुन् । उदाहरणका लागि सुनको मूल्यको कुरा गर्दा विदेशी बजारमा कायम भएको मूल्यको आधारमा नेपाली मूल्य तय गर्ने गरिन्छ । त्यसपछि बजार निर्माताले अधिकतम १२ रुपैयाँ ५० पैसासम्म थप गरेर मूल्य तय गर्न पाउँछ ।

मानौं, बजार निर्माताले प्रति १० ग्राम सुनको कारोबार मूल्य १ हजार २ सय रुपैयाँ तोकेर बिक्रीको लागि राख्यो ९मूल्य कोट गर्यो० । किन्ने साधारण ग्राहकले पनि १ हजार २ सय रुपैयाँमा किन्न चाह्यो भने त्यो कारोबार सम्पन्न ९म्याचिङ० हुन्छ । तर, ग्राहकले त्यो सुनको मूल्य १ हजार १ सय ५० मा आए मात्र किन्ने बताएमा त्यो कारोबार सम्पन्न हुँदैन । त्यो दर प्रस्ताव नआउँदासम्म आदेश कायम रहिरहन्छ । यसरी ग्राहकले दिएको आदेश पनि निश्चित अवधिसम्मको हुन्छ । ग्राहकले रोजेमा यो एक दिन, वा नजिकको शुक्रवार ९गुड टिल फ्राइडे० वा कारोबारमा करारको अवधि रहँदासम्म हुन्छ ।

कारोबार गर्ने बजार निर्माता भने एक मात्र हुँदैनन् । एकभन्दा बढिले कारोबारमा सहभागिता जनाउछन् । बजार निर्माताले किन्ने र बेच्ने दुवै काम गर्न सक्छन् ।

नगदमा भुक्तानी गरिने कारोबार

मेक्सले फ्युचर्स कारोबारमा भौतिक बस्तुको भुक्तानी कारोबार गर्ने गरेको छैन । मात्रै मूल्यलाई आधार मानेर बनेको सम्झौता पत्रको कारोबार गरिरहने हो । मेक्सले नगद कारोबार गर्ने तरिका दुई ओटा दिएको छ । सर्ट टर्म (अल्पकालिन) र लङ टर्म (दिर्घकालिन) ।

मानौं, तपाई १ लाख रुपैयाँ लिएर बजारमा कारोबारको लागि जानुभयो । यो सुनको कारोबारभन्दा पनि सुनको मूल्य निश्चित अवधिमा यति पुग्न सक्छ भन्ने आधारमा हुने सम्झौता पत्रको कारोबार हो । मानौं, आगामी नोभेम्बरमा सुनको मूल्य कुनै तहमा पुग्छ भन्ने अनुमानमा सम्झौता पत्र बनेको छ । अन्तर्राष्ट्रिय बजारमा नै यस्तो सम्झौता तयार भएको हुन्छ ।

त्यो सम्झौता अनुसार किनबेच गर्न चाहनु भयो भने तपाईले १ केजी सुनको धरौटी मूल्य ८६ हजार एक्सचेन्जमा बुझाउनु पर्ने हुन्छ । यसरी धरौटी बुझाउदा धरौटीभन्दा केही बढि रकम राख्नै पर्ने हुन्छ । मानौं तपाईले १ लाख रुपैयाँ बुझाउनु भएको छ ।

अब तपाईले कारोबार गर्ने भनेको १० ग्राम सुनको मूल्यको आधारमा हो । १० ग्राम सुनको मूल्य ३५ हजार ८ सय ८० हुन आयो ।

अल्पकालिन तरिकाको कारोबार गर्न चाहनु भयो भने तपाईले पहिले बिक्री आदेश दिनुहुन्छ । अन्तर्राष्ट्रिय बजारमा चलेको यो सम्झौता पत्र यतिसम्ममा अहिले बिक्री हुन सक्छ भन्ने आधारमा तपाईले मूल्य तय गरेर आदेश दिनु हुन्छ । तपाईले दिएको आदेशमा बिक्री हुन्छ भने त्यो सम्झौता पत्रको अवधि नसकिदा ९माथीको उदाहरण अनुसार नोभेम्बर० सम्म तपाईले एकपटक कम्तिमा त्यो पुनः खरिद गर्नैपर्ने हुन्छ । तपाईले खरिद गर्नु भएन भने पनि अवधि समाप्तिमा तपाईले त्यो खरिद गरिएको मानिनेछ । अवधि समाप्तिमा तपाईले बिक्री गरेको मूल्यभन्दा बढि मूल्य बजारमा कायम भएको अवस्थामा तपाईले थप पैसा तिर्नुपर्ने हुन्छ भने कम मूल्य कायम भएमा तपाईले मूल्य अन्तरबाट भएको फाइदा पाउनु हुन्छ ।

तपाईले बिक्री गरेकोभन्दा बढि मूल्य पुगेपछि धरौटी सहित राख्नु भएको १ लाख रुपैयाँले समेत नखाम्ने अवस्था देखिने वित्तीकै एक्सचेन्जले हरेक रात १२ बजेपछि तपाईलाई पैसा थप्न मार्जिन कल गर्छ । अन्तर्राष्ट्रिय बजारमा रातमा समेत कारोबार हुने भएकोले यहाँ कतिपय एक्सचेन्जले रातको १२ वा २ देखि ३ बजे दैनिक हिसाब गर्छन् र रकम अपुग हुनेलाई खबर गर्छन् । तपाईले रकम थप्न सक्नु भएन भने त्यो कारोबार स्वतः रद्ध हुन्छ ।

दैनिक हिसावअघि नै बजारमा लगानीकर्ताले थप्न पर्ने रकम बढ्दै गयो र ४ प्रतिशतभन्दा बढि देखिएमा त्यो करोबार स्वतः रद्ध हुन्छ र पछि लगानीकर्ताले अपुग रकम तिर्नुपर्ने हुन्छ । लगानीकर्ताको जोखिम कम गर्न ४ प्रतिशतको सीमा राखिएको हो ।

यता, दिर्घकालिन कारोबारमा पहिले तपाईले सम्झौता पत्र खरिद गर्नु हुन्छ । यसको प्रक्रिया पनि बिक्री गर्दा जस्तै खरिद आदेश दिए हुन्छ । तपाईको खरिद सम्पन्न भएमा तपाईले अवधि नसक्दासम्म त्यो सम्झौता पत्र बिक्री गर्नैपर्ने हुन्छ । तपाईले अवधि रहँदा जुनसुकै समयमा त्यसलाई बिक्री गर्न सक्नु हुन्छ । बिक्री गर्दा नाफा भएमा पैसा पाउनु हुन्छ भने नोक्सान भएमा थप्नु पर्छ । तपाईले बिक्री गर्नुभएन भने पनि अवधि समाप्तिपछि त्यो बिक्री भए सरह मानिन्छ र यसअघि भनिए जस्तै नाफा भए रकम पाउनु हुन्छ र घाटा भए रकम थप्नु पर्छ ।

यो बीचमा घाटा हुन लाग्यो र तपाई पैसा थप्नु पर्ने भएमा मार्जिन कल भने आउछ । यदी मूल्य अवधि समाप्त हुनुअघिसम्म बढ्न सक्छ भन्ने लागेमा पैसा थप राखेर पनि कारोबारलाई निरन्तरता दिन सकिन्छ ।

VIEWS: 314