अस्थायी कर्मचारीलाई बिदाई गर्ने तयारी, जागिर सुरक्षित गर्न लोकसेवा लड्नुपर्ने

Sunday, September 10th, 2017 |

२५ भदौ, काठमाडौं । स्थानीय तहमा कार्यरत अस्थायी तथा करारमा कार्यरत कर्मचारीले कुनै सुविधाविना जागिरबाट हात धुनुपर्ने भएको छ । जागिरमै रहनका लागि उनीहरुले लोकसेवाले लिने परिक्षा पास गर्नुपर्ने भएको छ ।

उक्त ब्यवस्था सहितको स्थानीय शासन ऐन २०७३ विद्येयकलाई शंसोधन सहित संसदको विकास समितिले आईतबार पारित गरेकोक छ । विधयेकको अन्तिम मस्यौदा निर्णयार्थ संसदमा पेश गर्ने तयारी गरिएको छ ।

उक्त विद्येयकको मस्यौदामा स्थानीय निकायमा कार्यरत अस्थायी कर्मचारीलाई एकपटक लोकसेवाको परीक्षामा सामेल हुने अवसर दिने प्रस्ता गरिएको छ । स्थानीय तहमा अहिलेपनि संयौँको संख्यामा अस्थायी, करार, ज्यालादारी लगायत विभिन्न प्रकारका कर्मचारी कार्यरत छन् ।

तर, उनीहरुलाई लोकसेवाको परीक्षा दिन उमेर हद लागु हुनेछैन । स्थानीय विकास मन्त्रालयका अनुसा अहिले विभिन्न स्थानीय तहमा ६ हजारभन्दा बढी अस्थायी कर्मचारी रहेका छन् ।

VIEWS: 310