नेपाल आईडलमा सर्बाधिक भोट बुद्ध लामालाई, निशान तेस्रो स्थानमा

Saturday, September 9th, 2017 |

२४ भाद्र । काठमाण्डौँ । नेपाल आइडल’को अन्तिम चारको प्रतिस्पर्धामा बुद्ध लामाले सर्वाधिक मत पाएका छन् । अन्तिम चारको प्रतिस्पर्धाबाट सागर सागर आले भने आउट भएका छन् । सर्बाधिक चर्चा पाएको टप चारबाट तीनमा जाने यो एपिस्योटको नतिजा ढिलोगरी सार्वजानिक गरियो । भोट गणनाको बिबाद अदालतसम्म पुगेपछि अदालतले नयाँ भोटिङ नगराउनु भन्ने आदेश दियो ।
अनलाइन र एमएसएसबाट गरिएको पछिल्लो भोटिङमा बुद्ध लामाले सर्वाधिक मत पाएका हुन् । आयोजकले अदालतमा बुझाएको बिवरण अनुसार भदौ १६ गते रातीदेखि १७ गते अपरान्ह १२ बजेसम्म एसएमएस र अनलाइनबाट प्राप्त भोटमध्ये लामाले ११ लाख ४५ हजार ५३८ मत पाएका छन् । यो मत दोस्रो नम्बरमा रहेका प्रताप दासको भन्दा झण्डै साढे दुई लाख बढि हो ।

बुद्धले एसएमएसबाट ६ लाख ९१ हजार ५७ मत पाएका छन् भने अनलाइन भोटिङबाट ४ लाख ५४ हजार ४ सय ८१ मत प्राप्त गरेका छन् । दोस्रो नम्बरमा रहेका प्रताप दासले ८ लाख ९३ हजार ३ सय ४७ मत प्राप्त गरे । उनले ७ लाख १४ हजार ९ सय ९९ मत एसएमएसबाट र १ लाख ७८ हजार ३ सय ४८ मत अनलाइनबाट पाएका छन् ।

तेस्रो नम्बरमा रहेका निशान भटराईले ८ लाख ७१ हजार ४ सय ८० मत पाएका छन् । उनले अनलाइनबाट ३ लाख ७१ हजार १४९ मत पाएका छन् भने एसएमएसबाट ५ लाख ३ सय ३१ मत पाएका छन् ।

चौथो नम्बरमा रहेका सागर आलेले ८ लाख ९ हजार ९ सय १५ भोट पाएका छन् । उनले एसएमएसबाट ४ लाख १९ हजार ८ सय ७५ मत पाएका छन भने अनलाइनबाट ३ लाख ९० हजार ४० मत पाएका छन् ।

VIEWS: 352