खुकुरी प्रहारबाट माओवादी केन्द्रका नेता ढुंगेल गम्भिर घाईते

Thursday, September 7th, 2017 |

२२ भाद्र । दोलखा । नेकपा माओवादी केन्द्र कालिञ्चोक गाउँपालिकाका सह संयोजक राम ढुंगेलमाथि खुकुरी प्रहार भएको छ । कालिञ्चोक गाउँपालिका ३ निवासि ३३ बर्षिय ढुंगेल खुकुरी प्रहारबाट गम्भिर घाईते भएका छन् । उनको टाउकोमा गम्भिर चोट लागेको छ ।

खुकुरी प्रहारबाट घाईते भएका ढुंगेललाई थप उपचारका लागि हेलिकोप्टर मार्फत काठमाण्डौँ लगिँदैछ । उनीमाथी विहिबार मध्यान्ह कालिञ्चोक गाउँपालिका वडा नम्बर २ बाबरे का खड्क बहादुर बुढाथोकीले खुकुरी प्रहार गरेको दोलखा प्रहरीले जनाएको छ । कामको शिलशिलामा बिहिवार दिउँसो बिगु गाउँपालिका अन्तर्गत लादुकको झोरुङ भन्ने स्थानमा पुगेका ढुँगेललाई बुढाथोकीले एक्कासी पछाडिवाट खुकुरी प्रहार गरेको बताईएको छ । ढुंगेलमाथी के कति कारणले खुकुरी प्रहार भएको हो भन्नेबारे खुल्न सकेको छैन ।

यद्यपी पुरानो रिसिइबीका कारण उनीमाथी आक्रमण भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । खुकुरी प्रहार गर्ने बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीमाथी उनीमाथि थप अनुषन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

VIEWS: 1018