लुटपाटमा संलग्न भएको अभियोगमा भिमेश्वर नगरपालिकाका ३ जना युवक पक्राउ
Tuesday, September 5th, 2017 | krishak khabar
२० भाद्र । दोलखा । दोलखा भिमेश्वर नगरपालिकाका तीन जना युवाहरुलाई लुटपाटमा संलग्न भएको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भिमेश्वर नगरपालिका ३ का २० वर्षिय अरुण ठकुरी र अन्य दुई जना छन् । दुई जनाको नाम प्रहरीले सार्वजानिक गरेको छैन । गत साउन ८ गते भिमेश्वर नगरपालिका ३ स्थित एक होटलमा खाजा खान बसिरहेको अवस्थामा कालिञ्चोक गाउँपालिका ८ का राजेन्द्र पौडेलमाथि सामुहिक रुपमा आक्रमण गरेको अभियोगमा उनीहरु पक्राउ परेका हुन् । प्रहरीका अनुसार उनीहरुले छुरा प्रहार गरी पौडेलको साथमा रहेको ४ लाख २५ हजार रुपैयाँ नगद समेत लुटपाट गरेका थिए ।
घट्ना भएको डेढ महिनापछि पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान प्रक्रिया अघि बढाईएको दोलखाका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिए ।
ताजा खबर
चिया निर्यातबाट बार्षिक ३ करोड विदेशी मुद्रा आर्जन
Tuesday, February 7th, 2023
बारीमा जाउ बजार छैन भन्दै, तरकारी फाल्न बाध्य किसान !
Friday, February 3rd, 2023
म्याग्दीबाट बीस करोडको सुन्तला निकासी
Thursday, February 2nd, 2023
दिवा खाजामा स्थानिय कोदो,मकै र फापरको परिकार !
Tuesday, January 31st, 2023
बाँसबाट बनेका सामाग्रीको माग उच्च !
Tuesday, January 31st, 2023
पकेट क्षेत्र घोषाणा गरेर काम गर्ने ः मख्य मन्त्री जमरकट्टेल
Thursday, January 19th, 2023
ज्वालाकुमारी साह कृषिमन्त्री हुने पक्का !
Tuesday, January 17th, 2023
डोटीका किसान फलफूल खेतीमा आकर्षित हुदै
Monday, January 16th, 2023
तोरीखेतीमा किसानको आकर्षण बढ्दो
Thursday, January 12th, 2023
तरकारी खेती गर्ने किसानलाई सधै बजारको चिन्ता
Wednesday, January 11th, 2023