दोलखाको बैत्यश्वरमा मुढाले किचेर एक किशोरको मृत्यु

Sunday, September 3rd, 2017 |

१८ भाद्र । दोलखा । दोलखाको वैत्यश्वर गाउँपालिका ८ मा आफैले बोकेको मुढाले किचेर एक किशोरको ज्यान गएको छ । जिरी नगरपालिका ७ का १७ बर्षिय मिङ्मार शेर्पाको आईतबावर विहान चिप्लिएर लड्दा आफैले बोकेको मुढाले किचेर मृत्यु भएको हो ।

मुढाले किचेपछि गम्भिर घाईते भएका शेर्पालाई उपचारका लागि अस्पताल लाँदालाँदै बीच वाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । धर्मशाला निमावि क्षेत्रपाको निर्माणाधिन भवनका लागि काठ ओसार्ने क्रममा उक्त घट्नाृ हुन पुगेको हो ।

जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार मृतक शेर्पाको शव पोष्टमार्टमका लागि मैनापोखरी स्थित हिमालयन केयर अस्पतालमा राखिएको छ । मृतकका परिवारजनले उचित क्षेतिपूर्ति नपाए सम्म शव नबुझ्ने बताएका छन् ।

VIEWS: 820