दशै तिहारमा घर जाँदै हुनुहुन्छ ? टिकट बुकिङ खुल्ला हुँदैछ

Saturday, September 2nd, 2017 |

भाद्र १९ । काठमाडौँ । यो वर्षको दशैँ तिहारलाई लक्षित गर्दे भदौ २२ देखि टिकेट बुकिङ खुल्ला गरिने भएको छ ।

यातायात व्यवस्था विभागमा बसेको बैठकले भदौ २२ देखि दशै र तिहारको लागि टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेको हो । विभागका प्रवक्ता टोपराज पाण्डेका अनुसार यातायात व्यवस्था विभाग, नेपाल यातायात व्यवसायी महांसंघ, ट्राफिक प्रहरीसँग लगायत यातायात सम्बन्धी विभिन्न निकायसंगको बैठकले उक्त निर्णय गरेको जानकारी दिए ।

उनका अनुसार यात्रुको सहजताको लागि उपत्यकाको १२ स्थानमा हेल्प डेक्स राखिने छ । यस्तै टिकेट भाडा दरमा कुनै पनि घटबड नभएको विभागले स्पष्ट पारेको छ ।

VIEWS: 141