आर्थिक वर्ष २०७४÷७५ मा दोलखामा १३ करोड रुपैयाँ बरावरको सिंचाई आयोजना संचालन हुँदै

Thursday, August 31st, 2017 |

१५ भाद्र । दोलखा । दोलखामा आर्थिक वर्ष २०७४÷७५ मा १३ करोड भन्दा वढिको सिंचाई आयोजना संचालन हुने भएको छ । सिंचाई विकास डिभिजन कार्यालय चरिकोटले बिहिवार सदरमुकाम चरिकोटमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी चालु आर्थिक वर्ष १३ करोड १४ लाख ३० हजार रुपैयाँ बरावरको सिंचाई आयोजना संचालन गर्ने जानकारी गराएको हो ।

जसमा समुदाय व्यवस्थित सिंचित कृषि क्षेत्र आयोजना तर्फ ५ वटा आयोजनाका लागि ३ करोड २८ लाख, नयाँ प्रविधिमा आधारित सिंचाई आयोजना (२६ वटा) को लागि १ करोड २९ लाख, ८६ हजार, सिंचाई पुर्नस्थापना आयोजना (एक वटा) का लागि ३ करोड ७ लाख ५६ हजार र मझौला सिंचाई आयोजना (२२ वटा) का लागि ५ करोड ४८ लाख ८८ हजार रुपैयाँ बजेट छुट्याईएको छ ।

उक्त आयोजनाहरुबाट जिल्लाको ३ हजार १ सय १३ हेक्टर क्षेत्रफलको खेतीयोग्य जमिनमा सिंचाई सुविधा पु्याउने लक्ष्य राखिएको डिभिजन प्रमुख कृष्ण प्रसाद रिजालले जानकारी दिए । रिजालका अनुसार डिभिजन कार्यालयले हेर्दै आएको मर्मत सम्भार आयोजना भने यो वर्षबाट स्थानीय तह मातहत संचालनमा आउनेछ ।

गत आर्थिक वर्ष सिंचाई डिभिजन कार्यालयले कुल १६ करोड ५९ लाख ५१ हजार रुपैयाँ बरावरको बजेट खर्चको अख्तियारी पाएकोमा १४ करोड ३१ लख १ हजार रुपैँया बरावर खर्च भएको जनाएको छ । कार्यालय प्रमुख रिजालका अनुसार स्रोतसाधन र जनशक्ति अभाव लगाएत समस्याका बावजुद आयोजनाहरुमा उपलव्धी हाँसिल गरिएको छ । केही आयोजनाहरुको भने उपभोक्ताहरु सम्पर्कमा नआउँदा र केहीमा विवाद देखिएका कारण कार्यान्वयनमा समस्या देखिएको छ ।

गत आर्थिक वर्षमा जिल्लाभर ९ वटा ईन्टेक, ४ वटा सुपर प्यासेज, ७५ वटा पाईप च्याम्वर, १७३२ मिटर आरसिसि लाईनिंग, ४७७१० मिटर एचडीपी पाईपको कुलो, ३ वटा प्लाष्टिक पोखरी, ५ वटा आरसिसि पोखरी र २८१८ घनमिटर नहर संरक्षण पर्खाल निर्माण कार्य सम्पन्न भएको डिभिजन कार्यालयले जनाएको छ ।

VIEWS: 401

ताजा खबर