सिआईबीले फेरी बरामद गर्यो १५ किलो अबैध सुन, २२ मध्ये ७ किलो सुनको खोजी जारी
१५ भाद्र । काठमाण्डौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले १५ किलो अबैध सुन बरामद गरेको छ ।
चीनबाट भित्रिएको २२ किलो अवैध सुनमध्ये सिआईबीले १५ किलो बरामद बरामद गरेको हो । सिआईबीले बिहिवार पत्रकार सम्मेलनको आयोजना गरी राजधानी काठमाडौंको टोखाबाट १४ किलो र जनकपुरबाट १ किलो गरी १५ किलो सुन नियन्त्रणमा लिएको सार्वजानिक गरेको हो । चीनबाट भित्रिएको मध्ये ७ किलो सुनको अझै खोजी भइरहेको प्रहरीले जनाएको छ ।
सुनसँगै काठमाडौ टोखाका पेम्बा दोर्जे शेर्पा, भक्तपुर सूर्यविनायकका दीपेन्द्र थापा, राजेन्द्र खत्री, रवीन खत्री, काठमाडौं बानेश्वरका सरोज थापा, काभ्रे पाँचखालका विष्णु गौतम र धनुषा जनकपुरका दीपककुमार साहसहित ७ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ ।
चीनबाट रसुवा हुँदै काठमाडौं भित्र्याउने क्रममा सुन समातिएको हो । २२ मध्ये ८ केजी सुन काठमाडौं बानेश्वरका दीपेन्द्र थापा र सरोज थापाले खरिद गरेको थिए । उनीहरुले किनेको सुनमध्ये दुई केजी काठमाडौंमै बेचेको र अरु सुन केही भारत निकासी भइसकेको प्रहरी आशंका छ ।
सुन तस्करहरुको साथबाट १० च ४१ १३ भएको सेतो रंगको गाडी, एकथान स्कुटर, ६ सय अमेरिकी डलर र ११ सय ९९ चिनियाँ मुद्रा युयान पनि बरामद भएको छ । सीआईबीका अनुसार संगठित अपराध एेनअन्तर्गत सात दिनको म्याद लिएर सुन तस्करीबारे अनुसन्धान जारी छ ।
यसअघि त्रिभवुन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार पास भएर बाहिरिएको करिब ३४ किलो सुन बरामद भएको थियो ।