काग्रेसले टुंग्यायो दुई नम्वर प्रदेशका सबै उम्मेद्वार

Thursday, August 31st, 2017 |

१५ भदौ । काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले तेस्रो चरणमा हुने स्थानीय तह निर्वाचनका लागि पार्टीका उम्मेद्वारहरुको टुंगो लगाएको छ ।

स्थानीय तह अन्तर्गत आसन्न प्रदेश नम्बर–२ का १३६ वटै स्थानीय तहमा पार्टीको उम्मेदवार टुंगो लगाएको काग्रेसले जनाएको छ । पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार सबै तहमा उम्मेदवारको टुंगो लगाइए पनि भोली मात्रै सबै नामावली सार्वजानिक गरिनेछ ।
निर्वाचनको तयारीका स्वरुप काग्रेसले ८ जिल्लामा सन्चार केन्द्र स्थापना गरी प्रचार–प्रचारलाई तीव्रता दिनुका साथै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने र निर्वाचनमा पार्टीका सवै संयन्त्रलाई परिचालन गरिएको उनले बताए ।

यसअघि, प्रदेश नम्बर–३, ४ र ६ मा गत वैशाख ३१ गते पहिलो चरणमा र प्रदेश नम्बर–१, ५ र ७ मा दोस्रो चरणमा सम्पन्न भैसकेको छ । आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचनका लागि तीन हजार ५७८ मतदान केन्द्र निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार प्रदेश नम्बर–२ का ८ जिल्लाका १३६ स्थानीय तहमा हुने उक्त निर्वाचनका लागि दुई हजार १६६ मतदान स्थलसमेत निर्धारण भएको छ ।

आगामी स्थानीय तहको निर्वाचनले १३६ अध्यक्ष, प्रमुख, १३६ उपाध्यक्ष, एक हजार २७१ वडाध्यक्ष तथा पाँच हजार ८४ वडा सदस्यसहित कुल ६ हजार ६२७ जनप्रतिनिधि निर्वाचित गर्नेछ ।

VIEWS: 159