दोलखा प्रहरीद्धारा स्कुले वालिका बिवाह गर्ने पक्राउ

Thursday, August 31st, 2017 |

१५ भाद्र । दोलखा । स्कुले वालिकालाई विभिन्न प्रलोभन देखाई बिवाह गर्ने एक जना युबकलाई दोलखा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दोलखा फस्कुका २३ वर्षिय बिष्णु भुजेल रहेका छन् । उनले २०७० साल फागुन महिनामा स्थानीय एक बालिकालाई विभिन्न प्रलोभन देखाई बिवाह गरेको प्रहरीले जनाएको छ । विगत चार बर्षदेखि फरार रहेका भुजेललाई पक्राउ गरी अनुसन्धान प्रक्रिया सुरु गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

VIEWS: 193