तामाकोसि शेयरको निर्णयप्रति असन्तुष्टि बढ्दै, अतिविपन्न समुदायको शेयर ग्यारेन्टी गर्न थामी समाजको माग

Monday, August 28th, 2017 |

साझावोली सम्वाद्दाता

१२ भाद्र । दोलखा । नेपाल थामी समाजले दोलखामा निर्माधिन माथिल्लो तामाकोसि जलविद्युत आयोजनामाको शेयर बाँडफाँड प्रक्रियामा अतिविपन्न समुदायपनि समान रुपमा सहभागी हुने बातावरण बनाउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ ।

आयोजनामा दोलखा जिल्लावासिका लागि छुट्याईएको १० प्रतिशत शेयरबारे जिल्ला समन्वय समितिले गरेको निर्णयप्रति असन्तुष्टि जनाउँदै समाजले अतिसिमान्तकृत थामी लगाएतका अतिविपन्न समुदायको शेयर सुनिश्चित गर्न माग गरेको हो । जिससले हालै जिल्लाबासिले पाउने १० प्रतिशत अर्थात १ अर्व ५ करोड ९० लाख रुपैयाँ बराबरको शेयर न्युनतम ३० देखि ३०० कित्ता र अधिकतम ५० देखि ५०० कित्तासम्म निष्काशन गर्ने निर्णय गरेको थियो ।

समााजका अध्यक्ष सुखबीर थामी र महासचिव लक्ष्मण थामीले सोमबार जारी गरेको विज्ञप्तीमा उक्त निर्णयले सम्पन बर्गलाई फाईदा पुग्ने र गरिबीको रेखामुनि रहेका समुदाय शेयर हाल्ने अबसरबाट वञ्चित हुनसक्ने भन्दै सचेत गराईएको छ । जारी विज्ञप्तीमा तामाकोसि आयोजनामा थामी समुदायको शेयर सुनिश्चितताका लागि सरकार, स्थानीय तह वा आयोजना जमानी बसेर बैङ्क तथा वित्तिय संस्थाहरुबाट ऋणको बैकल्पिक व्यवस्था गर्न माग गरिएको छ । थामी समाजका अध्यक्ष सुखबीर थामीले थामी समुदायलाई न्यायोचित ढंगले शेयर वितरण नगरिए त्यसको शसक्त प्रतिवाद गरिने बताए । यसअघि नेकपा मालेले उक्त निर्णयप्रति आपत्ती जनाईसकेको छ भने जनस्तरमा समेत असन्तुष्टि बढ्दैछ ।

निक्कै आकर्षक मानिएको तामाकोसि आयोजनाको शेयर जिल्लाबासिलाई तीन वर्गमा छुट्याएर आगामी पुष महिनामा निष्काशन गर्ने तयारी छ ।

थामी समाजले जारी गरेको प्रेस विज्ञप्ती

press relese nts
press
VIEWS: 492