दोलखाली किशोरी दिल्ली बेचिएको दुई बर्षपछि मुख्य अभियुक्त प्रहरीको नियन्त्रणमा
१० भाद्र । दोलखा । जिल्ला प्रहरी कार्यालय दोलखाले एकपछि अर्को गर्दै ठुला आपराधिक घट्नाको अनुसन्धान र कारबाहीमा सफलता हाँसिल गर्न थालेको छ ।
जिल्लामा हुने अपराधका घट्नामा निरन्तर अप्रेसन चलाउँदै आएको दोलखा प्रहरीले मानव बेचविखन र ओसारपसारमा संलग्न एक व्यक्तिलाई पक्राउ गरेको छ । दोलखाकी एक किशोरीलाई ललाई फकाई भारत पु¥याएर बेचविखनमा लगाएको अभियोगमा नुवाकोट जिल्ला खरानीटार ५ का २१ वर्षिय निरकुमार नेपाली पक्राउ परेका हुन् ।
उनीमाथि आवश्य कारवाही प्रक्रिया अघि बढाईएको दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिए । उनीहरुले बैत्यश्वर गाउँपालिका ६ की सिता नेपलीको सहयोगमा विभिन्न प्रलोभन देखाई १८ वर्षिया १७ (३३) (नाम थर परिवर्तन) लाई चरिकोटबाट काठमाण्डौँ हुँदै दिल्लीको मजनुकातिला भन्ने स्थानमा लगेर बेचेका थिए ।
नयाँ दिल्ली स्थित मजनुकातिलामा बस्ने नेपाली भाषी लक्ष्मी तामाङलाई १ लाख ३५ हजार भारुमा ती किशोरी बेचिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । चरिकोटबाट २०७२ साल साउन ३ गते लगिएकी ती किशोरीलाई काठमाण्डौँमा एक दिन राखि नेपालगंजको नाका हुँदै दिल्ली पु¥याईएको थियो । पिडित किशोरीलाई भारत स्थित नेपाली राजदुताको सहयोगमा केही समयपछि उद्धारा गरी नेपाल फिर्काईएको थियो ।
उक्त घट्नामा निर कुमार सहित तीन जनाको संलग्नता रहेको प्रहरीले जनाएको छ । सोही घट्नामा संलग्न सिता नेपालीलाई प्रहरीले त्यतिबेलै पक्राउ गरेको थियो । उनी हाल पुर्पक्षका लागि थुनामा छिन् ।
हालै पक्राउ परेका राज भन्ने निर कुमार नेपालीले आफ्नी जेठी श्रीमती गोमाा परियारलाई समेत गाउँको नाता पर्ने दुई जना व्यक्तिहरुको सहयोगमाा दिल्ला स्थित बेश्यालयमा बिक्रि गरेको अनुसन्धानबाट खुलेको दोलखा प्रहरीले जनाएको छ ।