प्रधानमन्त्रीले भारतमा दिएको अभिव्यक्ति प्रति प्रमुख नेताहरुको असन्तुष्टि

Friday, August 25th, 2017 |

९ भाद्र । काठमाण्डौँ । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतमा प्रधानमन्त्री शेरबहादुर देउवाले दिएको अभिव्यक्ति प्रति असन्तुष्टि जनाएका छन् । उनले संविधान संशोधनका विषयमा भारतमा बोल्नु गलत भएको टिप्पणी गरे ।

‘संविधान संशोधनको विषय संसदले टुङ्ग्याईसकेको छ । यो नेपालको आन्तरिक मामिला भएकाले उठाईरहन जरुरी छैन, उनले भने । प्रेस सेन्टर नेपालले शुक्रबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले ‘संसदमा असफल भैसकेको विषयवस्तुलाई भारतमा गएर जसरी पनि संशोधन गराउँछु भन्नु गलत रहेको उनको भनाई छ ।
प्रधानमन्त्री देउवाको अभिव्यक्तिबारे प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि देशको शिर निहुर्याएको भन्दै आपत्ती जनाईसकेका छन् ।
अध्यक्ष प्रचण्डले आगामी मंसिर १० गते संघ र प्रदेशको निर्वाचन एकै चरणमा हुनुपर्नेमा आफु प्रष्ट रहेको पनि बताए । उनले सबै राजनीतिक दलहरु चुनावी माहोलमा केन्द्रित भइरहेका बेला सामन्ती र प्रतिक्रियावादी शक्तिहरु चुनाव हुन नदिने खेलमा लागेको टिप्पणी गरे ।

राजनीतिक स्थिरता र विकासका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिय प्रणाली हुनुपर्ने पार्टीको अडान कायमै रहेको स्पष्ट पारे ।

VIEWS: 164