दोलखाको मेलुङ गाउँपालिकामा श्रीमतीले गरिन् श्रीमानको हत्या

Friday, August 25th, 2017 |

९ भाद्र । दोलखा । दोलखाको मेलुङ गाउँपालिका ४ मा एक महिलाले लाठी प्रहार गरी आफ्नै श्रीमानको हत्या गरेकी छन् । मेलुङ गाउँपालिका ४ बायाँकाठकी ६० वर्षिया सन्जी तामाङले श्रीमान कर्ण बहादुर तामाङलाई लाठी प्रहार गरी हत्या गरेकी हुन् ।

बिहिवार बेलुका बाहिरबाट अत्याधिक मदिरा सेवन गरी घर पुगेका कर्ण बहादुरले बुहारी विपना थोकरसँग पुनः मदिरा मागेका थिए । तर विपनाले मदिरा नदिएपछि उनले विपनामाथि कुटपिट गर्न थालेपछि श्रीमती सन्जी तामाङले लाठी प्रहार गरेकी थिईन् । लाठी प्रहारवाट टाउकोमा गम्भिर चोट लागेका कर्ण बहादुरको केही समयपछि आफ्नो घरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले लाठी प्रहार गर्ने सन्जी तामाङलाई प्रहरीले नियन्त्रण लिई अनुसन्धान गरिरहेको जानकारी दिए ।
यसैबीच मेलुङ गाउँपालिकाकै वडा नम्वर ५ भुषाफेदामा ३५ वर्षिय पदम बहादुर तामाङ मृत फेला परेका छन् ।
घट्नाबारे आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

VIEWS: 563