नेपाल र भारतबीच यी आठ वटा विषयमा भयो सम्झौता
८ भाद्र । नया दिल्ली । भारतको पाँच दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा उच्च स्तरिय भेटघाटमा व्यस्त रहेका छन् । भ्रमणको क्रममा नेपाल र भारबीच विभिन्न आठ वटा सहमति पत्रमा हस्ताक्षर समेत भएको छ ।
प्रधानमन्त्री देउवालाई नेपाली भाषामा स्वागत गर्दै भारतिय प्रधानमन्त्री मोदीले स्वागत गर्न पाएकोमा खुसि व्यक्त गरे । द्विपक्षीय सम्बन्धको ७० वर्षगाँठ मनाइरहेका भेट भएको भन्दै उनले थप खुसि व्यक्त गर्दै मोदीले स्थानीय तहको निर्वाचन सम्पन्न गरेकोमा बधाई पनि दिए । मधेसको समस्याबारे चासो व्यक्त गर्दै उनले सबै नागरिकसँगको वार्तालाई जारी राख्न र उनीहरुको आकांक्षालाई सम्बोधन गरेमा संविधानको सफल कार्यान्वयन सहज हुने सुझाव दिए।
प्रत्युत्तरमा देउवाले संविधानलाई अझ सर्वस्वीकार्य बनाउन संविधन संशोधनको प्रयास गरेपनि सफल हुन नसकेको बताए ।
-पन्चेश्वर परियोजनाको विषयलाई टुंगोमा पुर्याउने पहल गरेपनि सन् २०१७ भित्र डीपीआरको विषयका रहेको विवादहरु समाधान गर्ने दुवै प्रधानमन्त्रीको प्रतिबद्धता ।
-मोदीले खुला सिमानाका कारण दुवै मुलुकको सुरक्षा चासो एक अर्कासँग जोडिएको बताउँदै दुवै देशका सुरक्षा र रक्षा निकायको सहकार्यमा जोड दिए ।
-प्रत्युत्तरमा देउवाले नेपाली भूभाग कुनै पनि हालतमा भारतको विरोधमा प्रयोग गर्न नदिइने बताए ।
-बाढी तथा पहिरोको विषयमा मोदीले उल्लेख गरे । मोदीले खोलाको व्यवस्थापनको बारेमा संयन्त्र बनाउने र दीर्घकालिन योजना बनाउने आश्वासन दिए ।
-मोदीले नेपाल र भारत दुवैले एक अर्काको प्रगतिमा गर्व गर्ने र पीडा हुँदा दुवैले त्यसको अनुभव गर्ने बताए ।
-अरुण तेस्रो परियोजनाको जग्गा अधिग्रहण सम्बन्धी रहेको समस्या समाधान भएको जानकारी देउवाले मोदीलाई गराए । मोदीले धन्यवाद दिए । देउवाले अरुण तेस्रोको उद्धाटनको लागि मोदीलाई आमन्त्रण गरे ।
-आगामी हिउँदमा लोडसेसडिङ हटाउन भारतबाट थप १०० मेगावाट बिजुली किन्ने सहमति सहित भर्खरै भनेको ट्रान्समिसन लाइनको दुवै प्रधानमन्त्रीले उद्घाटन गरे । अहिले नेपालले भारतबाट ३०० मेगावट बिजुली किनिरहेको छ ।
-नेपालमा गएको भूकम्पपछि भारतले घोषणा गरेको सहयोग खर्च गर्ने सम्बन्धी मोडालिटीमा सहमति भई चार वटा सहमति भएको छ । जसअनुसार ५० हजार घर बनाइने छ । त्यस्तै, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा गर्ने खर्चको बारेमा पनि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
-एसियाली विकास बैङ्कको सहयोगमा भारतले निर्माण गर्ने मेचीपुल निर्माण सम्बन्धी समझादारी पत्रमा हस्ताक्षर भएको छ ।
-नेपालका उत्पादनहरु भारत निर्यातको लागि सहम वनाउन मापदण्ड व्युरो सम्वन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
-देउवाले सार्क, वीवीआइन तथा अन्य क्षेत्रिय सहकार्यको विषय उठाए तर यसमा सम्वन्धमा भारतीय पक्षले केही पनि बोलेको छैन् ।
-हुलाकी रोड, एकीकृत जाँच प्रणाली प्राथमिकतामा ।
-हाइड्रोपावरका परियोजनालाई समयमा सम्पन्न गर्ने प्रयत्नलाई थप गति दिने दुवै प्रधानमन्त्रीको प्रतिबद्धता ।
-संयुक्त प्रेस विज्ञप्तिमा बोल्ने क्रममा देउवाको घाँटीमा केही समस्या भएपछि भारतीय विदेशमन्त्री सुष्मा स्वराज आफैं उठेर गएर देउवालाई गिलासमा पानी दिएकी थिइन् ।