हत्या अभियोगमा दोलखामा सन्तोष केसि पक्राउ

Wednesday, August 23rd, 2017 |

७ भदौ । दोलखा । भरुवा बन्दुक प्रयोग गरी एक व्यक्तिको हत्या गरेको अभियोगमा भिमेश्वर नगरपालिका ८ का एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भिमेश्वर नगरपालिका ८ कै सन्तोष केसि रहेका छन् । केसिमाथि सोही स्थान बस्ने ५६ वर्षिय बाबुकृष्ण केसिलाई गत वैशाख ११ गते भरुवा बन्दुकवाट गोली प्रहार गरेको अभियोग लागेको छ । गोली लागेर गम्भिर घाईते भएका बाबुकृष्णको उपचारका क्रममाा गत वैशाख १२ गते मृत्यु भएको थियो । घट्नापछि फरार रहेका उनलाई प्रहरीले ४ महिनापछि पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान प्रक्रिया अघि बढाईएको प्रहरीले जनाएको छ । घट्नामा उनका बावु अशोक केसिमाथि पनि संलग्नताको अभियोग लागेको छ ।

VIEWS: 374