सर्वाधिक मत सहित पत्रकार महासंघ केन्द्रिय समितिमा थामी समुदायको पहिलो पटक प्रतिनिधित्व

Tuesday, August 22nd, 2017 |

६, भाद्र । काठमाण्डौँ । नेपाल पत्रकार महासंघको केन्द्रिय कार्यसमितिमा अतिसिमान्तकृत थामी समुदायले पहिलो पटक प्रतिनिधित्वको अवसर पाएको छ ।

महासंघको २५ औँ महाधिवेशनबाट राजधानीमा रहेर पत्रकारिता गर्दै आएका टेकराज थामी केन्द्रिय सदस्यमा निर्वाचित भएका हुन् । उनले निर्वाचितहरुमध्ये सबैभन्दा बढि मत अर्थात ७ सय ४४ मत प्राप्त गरेका छन् । तिर्थ कोईराला प्यानलबाट उम्मेद्वार बनेकाहरुमध्ये अधिकांस पराजित भएपनि सोही प्यानलबाट चुनाव लडेका उनले भने सर्वाधिक मत प्राप्त गर्न सफल भएका हुन् ।

प्रेस चौतारीको समर्थनमा चुनाव लडेका उनी आदिवासि जनजाति कोटाको केन्द्रिय सदस्यमा विजयी बनेका हुन् । महासंघको केन्द्रिय सदस्यमा निर्वाचित भएपछि उनले आफुमाथि गरिएको विश्वास खेर जान नदिने भन्दै आगामी दिनमा थप जिम्मेवार र उत्तरदायी बन्ने प्रतिक्रिया दिएका छन् ।
टेकराज थामी हाल नयाँ पत्रिका राष्ट्रिय दैनिक लगाएतका मिडियामा क्रियाशिल छन् ।

VIEWS: 994