माओवादी केन्द्रले सरकारलाई भन्यो ः बाढिपिडितलाई ५ लाख क्षेतिपुर्ति देउ

Tuesday, August 22nd, 2017 |

६, भदौ । काठमाण्डौँ । नेकपा माओवादी केन्द्रले बाढीपहिरो पीडितलाई ५ लाख क्षतिपूर्ति दिन सरकारसँग माग गरेको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा मंगलबार बसेको केन्द्रीय कार्यालय बैठकले प्राकृतिक विपत्तिमा परेकालाई तत्काल राहत उपलब्ध गराउन र उचित बसोबासका लागि तत्कालीन राहत रु एक लाख, मृतक परिवारलाई रु तीन लाख र क्षतिपूर्ति तथा पुनःस्थापनाका लागि रु पाँच लाख उपलब्ध गराउन माग गर्ने निर्णय गरिएको प्रवक्ता भूसालले जानकारी दिइन् । उनले बाढीपहिरो प्रभावितलाई राहत उपलब्ध गराउनु सरकारको प्रमुख दायित्व भएको ठहर गर्दै माओवादी केन्द्रले प्रभावित क्षेत्रका जनतालाई सहयोग गर्न पार्टी पंक्तिलाई निर्देशन दिएको छ ।

यस्तै माओवादी केन्द्रले आदिवासी, जनजाति, मधेसी, महिला र दलित समुदायलाई अधिकारसम्पन्न बनाउन संविधान संशोधन अत्यावश्यक रहे पनि प्रमुख प्रतिपक्षी नेकपा ९एमाले०को ‘दम्भ र अहंकार’का कारण सफल हुन नसकेको ठहर गरेको छ ।

आगामी असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा पार्टी अध्यक्ष दाहालको नेतृत्वमा पार्टीको सम्पूर्ण पंक्ति परिचालन गर्ने भएको प्रवक्ता भूसालले बताइन् । माओवादीले यसअघि नै नेता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, हरिबोल गजुरेल, गिरिराजमणि पोखरेल, मातृका यादवलगायतलाई निर्वाचनका विषयमा आवश्यक तयारी गर्न केन्द्रीय प्रतिनिधि परिचालन गरेको थियो । रासस

VIEWS: 223