पत्रकार महासंघको अध्यक्षमा गोविन्द आचार्य प्यानल सहित निर्वाचित, (सुची सहित)
६ भदौ, काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्षमा गोविन्द आचार्य निर्वाचित भएका छन् । आचार्य निकटतम प्रतिद्धन्द्धी तिर्थ कोईरालालाई १ सय ५ को फराकिलो मतअन्तरले पराजित गर्दै आफ्नो नेतृत्वको प्यानल सहित निर्वाचित भएका हुन् ।
प्रेस युनियनसहितका साना दल निकट पत्रकारको गठबन्धनबाट अध्यक्षमा निर्वाचित आचार्यले ७३२ र कोइरालाले ६२७ मत पाएका छन् ।महासंघको सवै पदाधिकारीमा आचार्य नेतृत्वकै प्यानलका उम्मेदवार विजयी भए । तर केही प्रदेश केन्द्रीय सदस्यमा भने मिश्रित परिणाम आएको छ । अध्यक्ष पदका अर्का उम्मेदवार उजिर मगरले ५४, इन्द्रबहादुर राउतले २० र भावना विद्रोहीले ६ मत पाएका छन् ।
यसैगरी खुला उपाध्यक्षमा विपुल पोखरेल, समावेशी उपाध्यक्षमा दिलिप थापामगर, महासचिवमा रमेश विष्ट र खुला सचिवमा रामप्रसाद दाहाल निर्वाचित भएका छन् । महिला सचिवमा लक्ष्मी पुन, आदिवासी जनजाती सचिवमा उदय जीएम, मधेसी सचिवमा शीतलप्रसाद महतो, दलित सचिवमा रेमबहादुर विश्वकर्मा, एशोसियट सचिवमा प्रकाश थापा र कोषाध्यक्षमा राजेश मिश्र निर्वाचित भए ।
यस्तै लेखा समिति संयोजकमा रोशन पुरी विजयी भएका छन् । लेखा समिति सदस्यहरुमा मिरा राजभण्डारी र भुपेन्द्र आचार्य विजयी भए ।खुला केन्द्रीय सदस्यहरुको मतपरिणाम भने आउन वाँकी छ । प्रदेशबाट निर्वाचित भएकाहरुको सूची गएराती नै सार्बजनिक भएको हो ।
प्रदेशबाट निर्वाचित भएकाहरुको नामावली
प्रदेश नम्बर १
सटेन्द्र जबेगु, प्रेस चौतारी
उद्धव तिमिल्सिना, प्रेस युनियन
प्रदेश नम्बर २
देवराम यादव, प्रेस सेन्टर
शैलेन्द्र झा, प्रेस युनियन
प्रदेश नम्बर ३
द्वारिका काफ्ले, प्रेस चौतारी
कृष्ण गिरी, प्रेस चौतारी
प्रदेश नम्बर ४
रामकृष्ण ज्ञवाली, प्रेस चौतारी
नवीन कुइँकेल, प्रेस सेन्टर
प्रदेश नम्बर ५
बसन्त गिरी, प्रेस सेन्टर
पुरुषोत्तम सुवेदी, प्रेस युनियन
प्रदेश नम्बर ६
कलेन्द्र सेजवाल, प्रेस युनियन
पुर्ण प्रसाद चौलागाईं, प्रेस सेन्टर
प्रदेश नम्बर ७
मीन बम, प्रेस युनियन
उत्तर विष्ट , प्रेस चौतारी र श्याम भट्ट, प्रेस सेन्टर, को ४५–४५ बराबर मत ।
काठमाडौं उपत्यका
लेखनाथ न्यौपाने, प्रेस सेन्टर
गोबिन्द चौलागाईं, प्रेस चौतारी
प्रतिष्ठान तर्फ
टिकाराम प्रधान , प्रेस सेन्टर
यम बिरही, प्रेस युनियन