हत्यामा संलग्न जिरी नगरपालिकाका एक पुरुष १२ वर्षपछि पक्राउ
Sunday, August 20th, 2017 | krishak khabar
४, भदौ । दोलखा । दोलखा जिरी नगरपालिकाका एक व्यक्तिको हत्यामा संलग्न भई फरार रहेका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । जिरी नगरपालिका वडा नम्वर ३ का ३६ वर्षका राजकुमार जिरेललाई प्रहरीले १२ वर्षपछि पक्राउ गरेको हो ।
जिरेल जिरी नगरपालिका ३ कै धुम बहादुर योगीको सामुहिक कुटपिट पछि फरार भएका थिए । २०६२ साल असोज २६ गते सामुहिक कुटपिटबाट गम्भिर घाईते भएका योगीको राजधानी स्थित बीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । जिरेललाई जिल्ला अदालत दोलखाले १० वर्ष कैद सजायको फैसला गरिसकेको छ ।
जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले पक्राउ परेका जिरेललाई कैद भुक्तानका लागि कारागार चलान गरिसकिएको जानकारी दिए ।
ताजा खबर
म्याग्दीबाट बीस करोडको सुन्तला निकासी
Thursday, February 2nd, 2023
दिवा खाजामा स्थानिय कोदो,मकै र फापरको परिकार !
Tuesday, January 31st, 2023
बाँसबाट बनेका सामाग्रीको माग उच्च !
Tuesday, January 31st, 2023
पकेट क्षेत्र घोषाणा गरेर काम गर्ने ः मख्य मन्त्री जमरकट्टेल
Thursday, January 19th, 2023
ज्वालाकुमारी साह कृषिमन्त्री हुने पक्का !
Tuesday, January 17th, 2023
डोटीका किसान फलफूल खेतीमा आकर्षित हुदै
Monday, January 16th, 2023
तोरीखेतीमा किसानको आकर्षण बढ्दो
Thursday, January 12th, 2023
तरकारी खेती गर्ने किसानलाई सधै बजारको चिन्ता
Wednesday, January 11th, 2023
आलु खेतीबाट आम्दानी लिदै किसान
Tuesday, January 10th, 2023
कागुनोको माग बढ्दो !
Tuesday, January 10th, 2023