रामचन्द्र झा, रामकुमार शर्मा लगाएतका नेताहरु माओवादी केन्द्रमा फर्किए

Sunday, August 20th, 2017 |

४, भदौ । काठमाण्डौँ । नयाँ शक्ति नेपालका बरिष्ठ नेता रामचन्द्र झा सहितका नेताहरु आईतबार नेकपा माओवादी केन्द्र फर्किएका छन् । झासँगै मधेशका अर्का प्रभावशाली नेता रामकुमार शर्मा, ब्रिजकिशोर यादव, कलामुद्दिन रायन, महेन्द्र केसी ‘पारसमणि’ लगायतका नेताहरु पनि माओवादी केन्द्रमा प्रवेश गरे । ‘पारसमणि’ विप्लव समूहबाट आएका हुन् ।

उनीहरुलाई माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव राम बहादुर थापा लगाएतका नेताहरुले स्वागत गरे । झा २०६९ चैत्र २४ मा एमालेबाट तत्कालिन (एमाओवादी) मा प्रवेश गरेका थिए। तर उनी एमाओवादीमा तीन वर्ष बसेर वावुराम भट्टराईको नयाँ शक्तितिर लागेका थिए ।
शर्मा एमालेहुँदै माओवादीमा लागेर जनयुद्व समेत लडेका नेता हुन् । नयाँ शक्तिका संगठन विभाग प्रमुख देवेन्द्र पौडेल सहितका डेढ दर्जन नेताहरुपनि माओवादी केन्द्रमा प्रवेश गर्ने तयारीमा छन् ।

VIEWS: 217