जोश र जवानीमा श्रीमतिभन्दा मै कान्छो छुः राजेश हमाल(भिडियो)
नेपाली चलचित्र क्षेत्रका चर्चित नायक राजेश हमाल जुनसुकै बिषयमा पनि कुरा गर्न माहिर छन् । राजनीतिकदेखि रमाइलो गफ गर्न हमाललाई कमैले मात्र भेट्छन् ।
अनलाइनखबरसँग ‘मस्ती टक’ गर्ने क्रममा हमालले पारिवारिक बिषय, वैवाहिक जीवनमा बिषयमा खुलेरै कुरा गरे । निकै रमाइलो शैलीमा प्रस्तुत भएका हमालले आफू अब बैबाहिक जीवनको बिषयमा पुरानो हुन थालेको बताए । हमालले वैवाहिक जीवनमा खुशी दिन दुई गुणा रात चार गुणा बढेको बताए । हमालका अनुसार उनी सामाजिक संजालमा अहिले केही बढी सक्रिय देखिएका छन् ।
आखिर, कारण के त, हमालले भने-‘चलचित्र कम खेल्न थालेपनि म विदेश र अन्य कार्यक्रममा बढी पुग्ने गर्छु । त्यसैले घरमा बसेको बेलामा मधुले फोटो खिचिदिन्छु भन्छिन् ।’
हमालले आफू विदेशमा पुगेर जीवन संचालन गर्ने पक्षमा नभएको बताए । तर, आफू विदेशमा गएर जीवन संचालन गर्ने कलाकारको विरोधमा नभएको पनि उनले स्पष्ट पारे । उनले आफू विदेश जाने दरो क्यान्डिकेट हुनुपर्ने हो भन्दै नेपाली चलचित्र र समाजको अभिन्न अंग भएकाले पनि भन्दै देशलाई छाडेर जान मन नलाग्ने पनि बताए ।
श्रीमान् र श्रीमतिको उमेरमा केही फरक हुँदा के फाइदा र के वेफाइदा होला ? राजेश हमालले रमाइलो तरिकाले यसको जवाफ दिए । उनले लोग्ने मान्छेको उमेर बढी हुँदा स्वास्नीलाई फाइदा हुने बताए । लोग्ने बढी परिपक्क हुँदा केटा र केटीको सम्बन्धको बारेमा वुझ्ने र त्यसको कदर गर्ने हमालको भनाई छ ।
हमालले मस्ती गफमा भने-‘अब मेरो व्यक्तिगत कुरा सोध्नु हुन्छ भने त, नम्बर मात्र फरक हो । जोश, जवानीमा त अझ म कान्छो छु । कहिलेकाही मधुले मलाई कतै म तपाइको अगाडि बुढी त भइन् भनेर सोध्छिन् । तपाइहरु मलाई वुढो भयो भनेर भन्नुहुन्छ ।’
हमालले अगाडि भने-‘जसरी घाम पश्चिमबाट उदाउँदैन, त्यसरी नै राजेश हमाल कहिल्यै वुढो हुँदैन । यो त असम्भव कुरा भयो नी ।’