नेपाल प्रहरीमा जागिर खाने सोँचमा हुनुहुन्छ ? भर्ना खुल्यो, (सुची सहित)

Tuesday, August 15th, 2017 |

३१ साउन, काठमाडौं । नेपाल प्रहरीले विभिन्न पदमा करिव १२ सय जनशक्तिका लागि भर्ना आव्हान गरेको छ । नेपाल प्रहरीले मंगलबार एक सूचना प्रकाशित गरी विभिन्न पदमा गरी १ हजार १ सय ७२ जना जनशक्ति थप गर्न भर्ना मागेको हो ।

जस अन्तर्गत प्रहरी निरीक्षकमा ९१ जनाको माग गरिएकोमा ४९ जना खुल्ला तर्फबाट छानिनेछन् । सूचना अनुसार २ जना अमर तथा अशक्त प्रहरीको परिवार,१२ जना आदिबासि जनजाति ,१२ जना दलित ८ जना महिला र ६ जना मधेसी र २ जना पिछडा वर्गका कोटा निर्धारण गरिएको छ ।

प्रहरी निरीक्षकमा दरखास्त दिनेले फाराम बापत ७ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ । यस्तै प्रहरी सहायक निरीक्षकको लागि ३ सय १४ जनाको लागि आवेदन माग गरिएको छ । आवेदन फारामका लागि ३ सय रुपैयाँ तोकिएको छ ।

यसैगरी प्रहरी जवानमा सवैभन्दा बढि ७ सय ६७ जनाका लागि आवेदन दिन सकिनेछ । यसमा आवेदन दिन चाहनेले १ सय रुपैयाँ आवेदन फाराम बापत तिर्नुपर्ने नेपाल प्रहरीले जनाएको छ ।
सूचना हेर्नुस्

police-1
police-1
VIEWS: 155