महान्यायाधीवक्ता रमन कुमार श्रेष्ठले दिए पदबाट राजीनामा

Sunday, August 13th, 2017 |

२९साउन काठमाडौं – महान्यायाधीवक्ता रमन कुमार श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । उनले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएको र सो राजीनामा स्वीकृत भइसकेको बताइएको छ ।

प्रधानमन्त्री प्रचण्डको पालामा महान्यायाधीवक्तामा नियुक्ति भएका उनले देउवा प्रधानमन्त्री भएपछि पनि उनकै आग्रहमा राजीनामा दिएका थिएनन् । आइजीपी नियुक्तिको केस सर्वोच्चमा विचाराधीन रहेको तथा धेरै कानुनी मुद्दामा श्रेष्ठले महत्वपूर्ण भूमिका खेलेकाले देउवाले राजीनामा नदिन आग्रह गर्दै आएका थिए।श्रेष्ठको राजीनामा सँगै महान्यायाधीवक्ता बन्न कांग्रेस निकट कानुन व्यवसायीहरुबीच दौडधूप सुरु भएको बुझिएको छ ।

VIEWS: 165