दोलखा सहित ३१ जिल्लाका सिडिओहरुको सरुवा, दोलखाको सिडिओमा थापा

Thursday, August 10th, 2017 |

२६, श्रावण । काठमाण्डौँ । गृह मन्त्रालयले दोलखा सहित ३१ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ । दोलखाका सिडिओ यज्ञराज बोहोराको मन्त्रालयमाा सरुवा गर्दै नयाँ प्रजिअ पठाईएको छ ।

दोलखा रहँदै आएका बोहोरालाई गृह मन्त्रालय तानिएको हो । उनको ठाँउमा दोलखाको प्रमुख जिल्ला अधिकारीमा मन्त्रालयले लक्ष्मीविक्रम थापालाई पठाउने भएको छ । मन्त्रालयमा कार्यरत थापालाई काजमा दोलखा प्रजिअको रुपमा खटाउन लागिएको हो । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ भएपछि पहिलो पटक प्रजिअहरुको सरुवा भएको हो । गृहले राजपत्रांकित प्रथम श्रेणीका १० जना र द्वितीय श्रेणीका २१ जनालाई काज सरुवा गरेको छ ।

काठमाडौंको प्रजिअमा केदारनाथ शर्मालार्य ल्याईएको छ । यसअघि काठमाडौंको प्रजिअ रहेका बालकृष्ण पन्थीलाई शिक्षा मन्त्रालयमा तानिएको छ ।

 

VIEWS: 345

ताजा खबर