काठमाण्डौँमा बिमस्टेक बैठक चल्दै, व्यापार लगानीदेखि जलवायु परिवर्तनसम्म एजेण्डा

Thursday, August 10th, 2017 |

श्रावण २६, काठमाण्डौँ । बिभिन्न क्षेत्रिय एजेण्डाहरुमा छलफल गर्न बिमस्टेक बैठक राजधानी काठमाण्डौँमा सुरु भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका निम्ति बंगालको खाडीको प्रयास (बिमस्टेक) को बैठक काठमाडौंको सोल्टी होटल बसिरहेको हो ।

सचिवस्तरीय बैठकपछि बेलुका मन्त्रीस्तरीय बैठक हुनेछ । बैठकमा भाग लिन सातै सदस्य राष्ट्रका विदेश सचिवलगायत अधिकारी काठमाडौं आएका छन् । भारत, श्रीलंका, बंगलादेश र भुटानका विदेशमन्त्रीहरू क्रमशस् सुष्मा स्वराज, रवि करुणनायके, अबुल हसन महमुद अली र दाम्चो दोर्जी बिहीबार नै काठमाडौं आइपुग्ने छन् । बैठकमा अघिल्ला बैठकका एजेण्डाले नै प्राथमिकता पाउने भएको छ ।

व्यापार, लगानी, प्रतिआतंकवाद, गरिबी निवारण, यातायात, पर्यटन, सञ्चार, ऊर्जा, कृषि, जनस्वास्थ्य, वातावरण तथा प्राकृतिक विपत्ति र जलवायु परिवर्तनजस्ता एक दर्जनभन्दा बढी विषयमा बैठकमा छलफल हुनेछ ।

VIEWS: 175