दोलखाको तामाकोसि नदीमा बेपत्ता भईन् एक महिला

Monday, August 7th, 2017 |

२३, श्रावण । दोलखा । दोलखाको विगु गाउँपालिका २ की एक महिला तामाकोसि नदिमा वेपत्ता भएकी छिन् । वेपत्ता हुनेमा विगु गाउँपालिका वडा नम्वर २ ओराङ निवासि ५० वर्षिया सङ्गती तामाङ रहेकी छिन् ।

तामाङ स्थानीय मन्थली भन्ने स्थानमा रहेको तामाकोसी नदीको पुलबाट हामफालेर वेपत्ता भएको दोलखा प्रहरीले जनाएको छ । उनी सोमबार साँझ ६ बजेको समयमा पुलवाट हामफालेको प्रत्यक्षदर्शी स्थानीले बताएका छन् । प्रहरी चौकी रोल्वालिङबाट खटि गएको प्रहरी टोली र स्थानीयले बेपत्ता सङगतीको खोजी कार्य गरिरहेका छन् ।
प्रहरीका अनुसार सङगतीले के कति कारणले नदीमा हामफालेको भन्ने खुल्न नसकेको र आवश्यक अनुसन्धान भैरहेको छ ।

VIEWS: 944