ललितपुरमा एक युवामाथि प्रहरीको ईन्काउन्टर, अस्पताल पुर्याईएपछि मृत्यु
२३ साउन, काठमाडौं । प्रहरी ‘इन्काउन्टर’मा ललितपुरमा एक जनाले ज्यान गुमाएका छन् ।
महानगरिय अपराध महाशाखाबाट खटि गएको प्रहरी टोलीले चलाएको गोली लागेर ललितपुरको कुसुन्तीमा प्रवीण खत्रीको मृत्यु भएको हो । लागूऔषध कारोबारमा संलग्न रहेका प्रवीण खत्रीसँग हतियार रहेको सुराकीका आधारमा प्रहरीको टोली चेकजाँचका लागि उनको घर पुगेको थियो । प्रहरुका अनुसार खत्रीले पहिला गोली चलाएपछि जवाफी कारबाहीका क्रममा उनको मृत्यु भएको हो । प्रमुख एसएसपी दिनेश अमात्यलेले उनको घरवाट दुई थान पेस्तोल समेत फेला परेको जानकारी दिए । प्रहरी स्रोतका अनुसार उनलाई पक्राउ गर्न सोमवार विहानैवाट प्रहरीले पिछा गरिरहेको थियो ।
प्रहरी टोली घर पुगेपछि भाग्ने क्रममा उनले फायर खोलेको र जवाफी कारवाही गरेको प्रहरीले जनाएको छ । तर
प्रहरी अधिकारीहरुले उनले आफै गोली हाने या प्रहरीको गोली लागेको भन्ने कुरा एकिन भैसकेको छ ।
गोली लागेर घाइते भएका खत्रीलाई उपचारका लागि पाटन अस्पताल पुर्याईएको केही वेरमै चिकित्सकहरुले उनलाई मृत घोषणा गरेका थिए ।