अन्ततः चितवनको भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहालले बाजी मारिन्

Sunday, August 6th, 2017 |

२१ श्रावण । चितवन– बहुचर्चित चितवनको भरतपुर महानगरपालिकामा कांग्रेस माओवादी गठबन्धनबाट मेयरकी उम्मेदवार रेणु दाहालले बाजी मारेकी छन् ।

एमालेका उम्मेदवार देवी ज्ञवाली भन्दा २ सय ३ मत बढी प्राप्त गरी रेणु मेयरमा निर्वाचित भएकी हुन् । रेणु दाहालले ४३ हजार १ सय २७ मत प्राप्त गरिन् भने ज्ञवालीले ४२ हजार ९ सय २४ मत प्राप्त गरे ।

भरतपुर महानगरपालिकामा वैशाख ३१ गते पहिलो चरणमै निर्वाचन भएपनि वडा नम्वर १९ को मतगणना गर्ने क्रममा मतपत्र च्यातिएपछि पुन मतदान भएको हो । पुनः मतदान गर्ने निवाचन आयोगको निर्णय विरुद्ध एमाले कार्यकर्ताले सर्वोच्चमा रिट हालेपछि फैसाल हुन लामो समय लागको थियो । सर्वोच्चले आयोगको निर्णयको पक्षमा फैसला सुनाएपछि १९ नम्बर वडामा पुनः मतदान गरिएको थियो ।

विवादका कारण बाँकी रहेको १९ मा पुनः मतदान गरेपछि १९ र २० नम्बर वडाको मतगणना गरिएको हो ।

यस्तै, उपप्रमुखमा पनि कांग्रेस–माओवादी गठबन्धनकी तर्फबाट उम्मेदवार भएकी पार्वती शाह विजयी भइन् । पार्वतीले ४७ हजार १ सय ९७ मत प्राप्त गरी विजयी भइन् । उपमेयरका एमाले उम्मेदवारले ३९ हजार ५ सय २९ मत प्राप्त गरे ।

VIEWS: 172