गुन्डागर्दी र अपराध नियन्त्रणका लागि गृहमन्त्रीको क्लिन स्वीप अभियान
२० श्रावण । काठमाण्डौँ । गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले गुण्डागर्दी नियन्त्रण गर्न क्लिन स्विप अभियान चलाउने बताएका छन् ।
राजधानीमा अपराध र गुण्डाराज बढ्दै गएको भन्दै गृहमन्त्री शर्माले त्यसको नियन्त्रणको लागि क्लिन स्विप अभियान चलाउने तयारी भैरहेको जानकारी दिए । मन्त्री शर्माले गुण्डागर्दी न्युनीकरणका लागि प्रहरीलाई प्रविधियुक्त बनाइने पनि बताए ।
“अब काठमाडौं उपत्यका सुरक्षित हुनेछ, शर्माले भने कुनै अपराधी उम्कन पाउँदैनन्, मन्त्रालय अपराधी र गुण्डालाई तह लगाएर नागरिकलाई सुरक्षाको प्रत्याभूति दिन प्रतिवद्ध छ । गृहमन्त्री शर्माले अब काठमाडौं र पोखराका बजार २४ सैं घण्टा खुला गरिने पनि बताएका छन् ।
देशको अर्थतन्त्रको मेरुदण्ड पर्यटन व्यवसाय भएकोले पर्यटकीय गन्तव्य काठमाडौं र पोखराका बजार २४ सैं घण्टा खुला गर्न लागिएको उनको भनाई छ । ुयी दुवै ठाउँमा अब रात्रीकालीन व्यवसाय गर्न कुनै रोकतोक हुन्न उनले भने ।