२१ हजार युवालाई स्थायी शिक्षकको अबसर

Wednesday, August 2nd, 2017 |

१८ श्रावण । काठमाण्डौँ । अस्थायी र राहत कोटाका भरमा चलिरहेका मुलुकभरका सामुदायिक विद्यालयमा एकैसाथ २१ हजार योग्य युवाले प्रवेश पाउने भएका छन् ।
त्यसका लागि शिक्षक सेवा आयोगले भदौ पहिलो साता परिक्षा गर्दैछ । आयोगले वषौँदेखि अस्थायी रुपमा कार्यरत शिक्षकलाई स्थायी गराउन भदौ ३ मा आन्तरिक परीक्षा लिन लागेको हो । गत वर्ष संधोधित शिक्षा ऐन अनुसार परीक्षा सफलतापुर्वक सम्पन्न भए ०४९ अघिदेखि ०७२ सम्म नियुक्ति लिएका २६ हजार अस्थायी शिक्षकको व्यवस्थापन हुनेछ ।

यसका लागि १९ हजार २ सय ६५ दरबन्दीमा विज्ञापन गरिएकामा १५ हजार ६ सय ९० ले परीक्षा दिँदैछन् । यीमध्ये करिव ९ हजार योग्य शिक्षक स्थायी हुनेछन् । भदौ ३ को परीक्षा लगत्तै आयोगले खुला प्रतिस्पर्धाका लागि विज्ञापन खुलाउनेछ । उक्त विज्ञापनबाट २१ ह्जारभन्दा वढि नयाँले स्थायी जागिरको अबसर पाउने आजको कान्तिपूर दैनिकमा मकर श्रेष्ठले समाचार लेखेका छन् ।

VIEWS: 718