अखिल क्रान्तिकारीमा बढ्यो चुनावी सरगर्मी, यी हुन् भाबी अध्यक्षका दावेदार

Wednesday, August 2nd, 2017 |

१८ श्रावण । काठमाडौं ( नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीको नयाँ नेतृत्वका लागि चुनावी सरगर्मी बढेको छ । अध्यक्ष सहित अन्य पदाधिकारीका आकांक्षीहरुले माहौल आफ्नो पक्षमा पार्न दौडधुप तिव्र पारेका छन् ।

आगामी भदौ ७ देखि ११ गते सम्म काठमाडौंमा हुने क्रान्तिकारीको २१ औँ राष्टिय सम्मेलनमा नेतृत्वका लागि आकांक्षीहरु धेरै हुने सम्भावनालाई मध्येनजर गर्दै यो पटक पुर्व अध्यक्ष रमेश मल्लको नेतृत्वमा निर्वाचन टोली समेत गठन गरिएको छ । अखिल क्रान्तिकारीले अहिलेसम्मको नेतृत्व सर्वसम्मत रुपमा चयन गर्दै आएकोमा २१ औँ राष्टिय सम्मेलनमा प्रत्यक्ष निर्वाचनबाट नेतृत्व चयन गर्नुपर्ने बहसले प्रबेश पाएको छ । पुर्व अध्यक्ष तथा निर्वाचन टोलीका संयोजक रमेश मल्लले सहमति नभएको अवस्थामा निर्वाचनमा जानुको विकल्प नरहेको बताए ।

को को छन् अध्यक्षका आकांक्षी ?
क्रान्तिकारीको भावी अध्यक्षका रुपमा हालसम्म आधा दर्जन वढिले आकांक्षा देखाएपनि वर्तमान उपाध्यक्ष अनिल शर्मा र रामचन्द्र अधिकारी बलियो उमेद्वारका रुपमा देखिएका छन् । रन्जित तामाङ, उत्तम अधिकारी, खुशिराम चौधरी,मदन अर्याल र मिनकुमार शिवाकोटी पनि अध्यक्षको दौडमा छन् । स्रोतका अनुसार चितवन घर भएका अधिकारीलाई अध्यक्ष अध्यक्ष बनाउने प्रचण्डको चाहना छ । विभिन्न समयमा जेलनेल भोगेका अधिकारी पुराना विद्यार्थी नेता हुन् ।

यस्तै अर्का आकांक्षी अनिल शर्मा पूर्व उर्जा मन्त्री तथा वर्तमान गृहमन्त्री जनार्दन शर्माका भाइ हुन । अनिल पनि पार्टी र आम विद्यार्थीमा लोकप्रिय छन् । रञ्जित तामाङ बर्षमान पुन नजिकका मानिन्छन् । जनजातिको हिसाबले पुनले तामाङलाई सहयोग गर्ने अनुमान विद्यार्थीबीच छ । उत्तम अधिकारी र खुशिराम चौधरी नेता राम बहादु थापा निकटका हुन । अधिकारी शालिन र वैचारीक नेताका रुपमा परिचित छन् । मदन अर्याल पार्टी नेता नारायण काजी श्रेष्ठ प्रकाश को नजिकको पात्रको रुपमा लिईन्छ ।

मिनकुमार शिवाकोटी स्थानिय निर्वाचन अघि मात्र नेकपा माले बाट आफु केन्द्रीय उपाध्यक्ष सहित नौ जना केन्द्रीय सदस्य लिएर माओबादि केन्द्र मा प्रवेश गरेका हुन। उनी सँग नेकपा बाट सपना प्रधान को नेतृत्वमा आएका विद्यार्थी नेताहरू नजिक रहेको र अन्य प्यानलले नसमेटिएका नेताकार्यकर्ता लाई समेटेर उनीपनि प्रतिस्पर्धामा मैदानमा उत्रिने देखिन्छ ।

पदाधिकारी र केन्द्रिय समितिको संख्या कति ?
यो सम्मेलनलेअखिलमा २५ सदस्यीय पदाधिकारी सहित एक सय ९९ जनाको केन्द्रीय समिति निर्वाचित गर्नेछ । जसमा १ अध्यक्ष,उपाध्यक्ष ६९खुल्ला ३, १ महिला, १ मधेशी, १ मनोनित० महासचिव १, उपमहासचिव ३९२ खुल्ला, १ महिला० सचिव १३ ९७ प्रदेशबाट ७ जना, महिला २, मधेशी तथा मुस्लिम १, जनजाति १, दलित १, विवि÷विभाग÷कार्यलय १० र कोषाध्यक्ष १ हुने छन् ।

VIEWS: 192