वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका कामदारका परिवारले ७ लाख राहत पाउन थाले

Monday, July 31st, 2017 |

१६ श्रावण । काठमाण्डौँ । वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका कामदारका परिवारले राहात स्वरुप ७ लाख रुपैयाँ पाउन थालेका छन् ।
अघिल्लो सरकारको पालामा विदेशमा मृत्यु भएका नेपाली कामदारका परिवारजनलाई राहत स्वरुप ७ लाख रुपैयाँ क्षेतिपुर्ति दिने प्रक्रिया अघि वढेको थियो ।

सरकारले वैदेशिक रोजगार नियमावली–२०७४ को संशोधन गरेपछि मृतक परिवारले सोमवारबाट राहत रकम पाउन थालेका हुन् । यसअघि मृतक परिवारलाई ३ लाख रुपैयाँ दिईदै आएको थियो । बैदेशिक रोजगार प्रवद्र्धन वोर्डका कार्यकारी निर्देशक रघुनाथ काफ्लेले अव श्रम स्वीकृति लिएका कामदार साउन १६ गतेदेखि जुनसुकै कारणले मृत्यु भएपनि ७ लाख रुपैयाँ पाउने जानकारी दिए । ‘विदा वा विरामी भई करार अवधिभित्र नेपालमै मृत्यु भएपनि राहत रकम पाउने उनले बतए ।

बोर्डका अधिकारीहरुका अनुसार श्रम स्वीकृतिको म्याद सकिएको थप एकवर्षभित्र मृत्यु, अंगभंग वा गम्भीर प्रकृतिको विरामी भएका कामदारले पनि वोर्ड सुविधा पाउनेछन् । २०७३ बैशाख १ गतेदेखि श्रम स्वीकृति लिई विदेश गएका कामदारको १५ लाख रुपैयाँ बिमा लागु गरिएको छ । त्यसवाहेक २०७३ माघ १५ गते श्रम स्वीकृति लिएका कामदारले १५ प्रकारका गम्भीर प्रकृति रोग लागेमा ५ लाख विमा रकम पाउने व्यवस्था छ । अव कामदारको परिवारले वोर्डले दिने राहात र बिमा बापत २२ लाख रुपैँया क्षेतिपुर्ति प्राप्त गर्न सक्नेछन् ।

वोर्डले अव विदेश जेलमा रहेका नेपालीको कानुनी उपचारको लागि वकिल राख्न आवश्यक बजेटको व्यवस्थाका साथै कल्याणकारी कोषको शुल्क समेत बढाएको छ । तीन वर्षसम्मको करार अवधीको एक हजार पाँच सय र तीन वर्षभन्दा माथिको दुई हजार पाँचसय रुपैयाँ शुल्क बुझाउनुपर्छ ।

मृतक परिवारका सन्तानलाई उच्च शिक्षा सम्म पढाइदिनुको साथै कामदारका परिवार विरामी भएमा ५० हजारसम्म उपचार खर्च दिने व्यवस्था पनि कार्यान्वयनमा ल्याईएको छ ।

VIEWS: 143