लागुऔषध सहित दोलखामा एक युवक पक्राउ

Monday, July 31st, 2017 |

१६, श्रावण । दोलखा । दोलखा प्रहरीले लागु औषध सहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैत्यश्वर गाउँपालिका १ निवासि कुमार तामाङका अन्दाजी १६ वर्षिय छोरा आङछिरिङ तामाङ रहेका छन ।

विशेष सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटि गएको प्रहरी टोलीले उनलाई सदरमुकाम चरिकोट कालिञ्चोक उच्च मावि नजिकैबाट पक्राउ गरेको हो । प्रहरीले तामाङको साथबाट ईन्जेक्सनको डाईजेपाम १७ एम्पुल, फेनारगन १७ एम्पुल र नुर्फीन १७ एम्पुल लागु औषध समेत बरामद गरेको जनाएको छ ।

lagu ausadh a
lagu ausadh a

तामाङमाथि लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि वढाईएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

VIEWS: 348