सरकारले करिव ४ लाख गरिब घरपरिवारलाई परिचय पत्र वाँड्दै

Thursday, July 27th, 2017 |

१२ साउन, काठमाडौं । विस्तारित मन्त्री परिषदको वैठकले गरिब घर परिवारलाई परिचय पत्र वितरण गर्ने निर्णय गरेको छ ।
बिहिवार वसेको मन्त्री परिषद बैठकले २५ जिल्लाका गरिब घर परिवारलाई परिचय पत्र वितरण गर्ने निर्णय गरेको हो ।

परिचय पत्र वितरण गरिने जिल्लाहरुमा भोजपुर, सिराह, खोटाङ, रौतहट, सिन्धुली, रामेछाप, गोरखा, तनहुँ, बाग्लुङ, कपिलवस्तु, अर्घाखाँची, प्यूठान, रोल्पा, रुकुम, बर्दिया, जाजरकोट, डोल्पा, हुम्ला, जुम्ला, कालिकोट, मुगु, बझाङ, बाजुरा, अछाम र कैलाली रहेका छन् ।

यसअघि गरिब घर परिवार पहिचान सर्वेक्षण बोर्डले २५ जिल्लामा तीन लाख ९१ हजार ८ सय ३१ परिवारलाई गरिबको रुपमा पहिचान गरेको थियो । उक्त सर्वेक्षणले सबैभन्दा धेरै गरिब बाजुरामा र सबैभन्दा धेरै धनि तनहुँमा रहेको प्रारम्भिक तथ्यांक सार्वजानिक गरेको छ ।

मन्त्रिपरिषद बैठकपछि संचारमन्त्री मोहन बस्नेतले मापदण्ड अनुसार परिचय पत्र वितरणको काम सुरु गर्ने निर्णय भएको जानकारी दिए ।

अनसनरत डा। गोविन्द केसीको माग सम्वोधनका लागि सरकारले वार्ता गर्न शिक्षा मन्त्रालयको सचिवको नेतृत्वमा तीन सदस्यीय वार्ता समिति पनि गठन गरेको छ ।

VIEWS: 144