पत्रकार महासंघको महाधिवेशन तोकिएकै मितिमा सम्पन्न हुने

Monday, July 24th, 2017 |

९ काठमाडौ।– नेपाल पत्रकार महासंघको आसन्न २५ औं महाधिवेशन तोकिएकै मितिमा सम्पन्न हुने भएको छ । महाधिवेशन आगामी भदौ ४ र ५ गते काठमाडौंमा हुनेछ।

महासंघका महासचिव उजिर मगरले महाधिवेशनका लागि सम्पूर्ण तयारी तिव्र गतिमा भैरहेकाले समयमै सम्पन्न हुने बताए । सोमबार एक विज्ञप्ति जारी गर्दै मगरले प्रेस युनियनजस्तो जिम्मेवार संस्थाले महाधिवेशन सार्ने कार्य हुन लागेको भनी भ्रमपूर्ण विज्ञप्ति जारी गरेको भन्दै भ्रममा नपर्ने आग्रह समेत गरेका छन् ।

महासंघले विधिवत रूपमा टुंगो लगाएका विषयलाई गलत ढंगले उछालेर महाधिवेशन बिथोल्ने प्रपञ्च नगर्न समेत महासंघले सवैको ध्यानाकर्षण गराएको छ ।

VIEWS: 197