नयाँ शक्ति र फोरमको एकिकरण पछि धकेलियो, विवेकशिल र साझा पार्टी नजिकिए

Monday, July 24th, 2017 |

९ काठमाडौं–डा।बाबुराम भटराई नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वका संघीय समाजवादी फोरम नेपालबीचको एकीकरण प्रकृया पछि धकेलिएको छ ।

एकीकृत पार्टीको नाम, झाण्डा, चुनाव चिन्ह, विधानलगायतको विषय टुंगो लागेपनि अध्यक्ष तथा संयोजकको कार्यविभाजनमा कुरा नमिलेपछि एकीकरण प्रकृया तत्कालका लागि टरेको हो ।
एकिकरण पछि पार्टीको नाम नयाँ संघीय फोरम, नयाँ समाजवादी फोरम र संघीय नयाँ शक्ति फोरम नेपाल प्रस्ताव गरिएको छ । जसमध्ये संघीय नयाँ शक्ति फोरम नेपाल हुने लगभग तय नै भएको नेताहरुले बताएका छन् ।

अध्यक्ष उपेन्द्र यादव र संयोजक डा. वावुराम भट्टराई रहने पार्टीलाई सामूहिक नेतृत्वमा चलाउने पनि तय भैसकेको थियो । जस अनसार बाबुराम भट्टराई केन्द्रीय कार्यसमिति संयोजक रहने र उपेन्द्र यादव केन्द्रीय समितिको अध्यक्ष हुने सहमति भएको फोरम नेताहरुको दावी छ ।

तर अन्तिम समयमा आएर डा। भट्टराई संयोजक भएपनि अधिकार अध्यक्ष सरहनै हुनुपर्ने अडान नयाँ शक्तिले राखेको प्रस्ताव यादवले अस्वीकार गरेको छन् ।

भट्टराईले पार्टीभित्र पदको बाँडफाँड आधा आधा हुनुपर्ने भनि गरेको प्रस्ताव पनि फोरम नेताहरुले मानेका छैनन् । हरेक कुरामा आधाको भागेदारि नयाँ शक्ति नेपाल हुने भनेपछि उपेन्द्र यादव झस्केका हुन् ।
नयाँ शक्ति नेपालका केन्द्रीय सदस्य रामकुमार शर्माले उपेन्द्र यादवको संकीर्ण सोचका कारण हाललाई एकीकरण रोकिन पुगेको आरोप लगाए । अन्तिममा आएर अध्यक्ष र संयोजकमा कुरा नमिलेपछि एकीकरण भाँडिएको हो हो, उनले भने ।’ यता फोरम नेपालका सहअध्यक्ष एवं वार्ता टोलीका संयोजक राजेन्द्र श्रेष्ठले भने एकता प्रकृया भाँडियो भन्नु गलत रहेको दाबी गरे ।

बिवेकशिल र साझापार्टी नजिकिँदै

यता अर्को वैकल्पिक शक्तिको रुपमा दाबी गर्दै आएका विवेकशील नेपाली पार्टी र साझा पार्टी भने नजिकिन थालेका छन् । केही प्राबिधिक कुरा बाहेक सैद्धान्तिक र वैचारिक विषयहरु लगभग मिलिसकेको दुवै पक्षका नेताहरुको दावी छ ।
पहिलो चरणको स्थानीय चुनाव अगाडि पनि दुई पार्टीले एकता प्रयास गरेपनि सफल हुन सकेको थिएन । एकीकृत पार्टीलाई उज्ववल थापा या रविन्द्र मिश्र कसले नेतृत्व गर्ने भन्नेमा बिवाद थियो ।
अहिले दुवै पार्टीको नेतृत्व तहलाई समायोजन गर्ने र सामुहिक नेतृत्वमा अघि बढ्ने विषयमा सहमति भएपछि एकता प्रक्रिया अन्तिम चरणमा पुेको हो । नेताहरुका अनुसार निकट भविष्यमा एकता महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गरिने छ ।

एक महिनाभित्र एकता गर्नेगरी प्रयास भैरहेको साझा पार्टीका वार्ता टोली संयोजक सुर्यराज आचार्यले जानकारी दिए ।

VIEWS: 185