दोलखाको स्थानीय तहमा कर्मचारी समायोजन ः कोही खट्न तयार कोहीले गरे आनाकानी (हेर्नुस् सुचीसहित)

Wednesday, July 19th, 2017 |

नविन । बिनोद
४ श्रावण, दोलखा । सरकारले स्थानीय तहमा तत्काल कर्मचारी समायोजन गर्न निर्देशन दिएपनि दोलखाका स्थानीय तहको कर्मचारी व्यवस्थापनमा समस्या देखिएको छ ।
सरकारले २०७४ साल असार ५ गतेनै राजपत्रमा सूचना प्रकाशित गरी स्थानीय तहमा प्रशासनिक संगठन तथा कर्मचारी व्यवस्थापन गर्न आदेश दिएको थियो । सोही अनुसार जिल्ला कर्मचारी व्यवस्थापन समितिले दोलखामा काजमा कर्मचारी समाायोजन प्रक्रिया सुरु गरेपनि कार्यान्वयनमा समस्या देखिएको हो ।

पत्र बुझ्न आनाकानी
प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोरा नेतृत्वको जिल्ला कर्मचारी व्यवस्थापन समितिले गत असार १२ गतेनै कर्मचारीहरुको सुची तयार गरी सम्वन्धित कार्यालयहरुलाई स्थानीय तहमा खटाउन पत्राचार गरिसकेको छ । तर निर्देशन दिएको ३ हप्ता बितिसक्दा समेत कार्यालयहरुले आफ्ना कर्मचारीलाई स्थानीय तहमा जाने पत्र थमााउन सकेका छैनन् । शिक्षा, स्वास्थ्यका प्राय ः सवै कर्मचारी स्थानीय तहमै रहने भएकाले जिल्ला कर्मचारी व्यवस्थापन समितिले विशेषगरी जिल्ला पशुसेवा, कृषि र महिला विकास कार्यालयका कर्मचारीलाई खटाउन निर्देशन दिएको हो ।
करिव ३ दर्जन कर्मचारीलाई स्थानीय तहमा खटाउन निर्देशन दिईएकोमा हालसम्म केहीले मात्र पत्र बुझेका छन् । जिल्ला कृषि विकास कार्यालयले भने जिल्ला कर्मचारी व्यवस्थापन समितिको निर्देशन अनुसार बुधवार सवैलाई पत्र दिने जनाएको छ । भिमेश्वर नगरपालिका वाहेक अन्य स्थानीय तहमा विभिन्न कारण जनाउँदै धेरै कर्मचारीहरुले तत्काल खट्न आनाकानी गरिरहेका छन् । स्थानीय तहमा भौतिक पूर्बाधार लगाएत कार्यालय संचालन गरी सेवा प्रबाह गर्ने वातावरण नभएको उनीहरुको गुनासो छ । स्रोतका अनुसार केही कर्मचारीहरुले भने सदरमुकामै बस्न निर्णय सच्याउन दबाव दिईरहेका छन् ।

दोलखाका स्थानीय विकास अधिकारी शंकर नेपालले निर्देशन अनुसार कर्मचारीहरु छिट्टै स्थानीय तह जाने दावी गरे । उनका अनुसार प्रशासन समुह तर्फको कर्मचारीको विवरणपनि संकलन भैरहेकाले छिट्टै समायोजन प्रक्रिया अघि बढाईनेछ ।
अधिकृत स्तरका कर्मचारीहरुलाई भने मन्त्रालय स्तरको निर्णयको आधारमा खटाउने तयारी छ । प्रशासनिक संगठन तथा कर्मचारी व्यवस्थापन सम्बन्धी आदेश २०७४ अनुसार तलव भत्ता तथा अन्य सुविधा लिनेगरी कर्मचारीहरुलाई स्थानीय तहमा खटाईदैछ ।

स्थानीय तहमा खटाउने निर्णय भएका कर्मचारीको सुची

जिल्ला पशुसेवा कार्यालय
१. मोहन कुमार खड्का विगु गाउँपालिका
२. कृष्ण बहादुर खड्का विगु गाउँपालिका
३. शंखे तामाङ विगु गाउँपालिका
४. प्रेम प्रकास थापा कालिञ्चोक गाउँपालिका
५. कमल पराजुली भिमेश्वर नगरपालिका
६. राजेन्द्र चौधरी भिमेश्वर नगरपालिका
७. रमला घिसिंग भिमेश्वर नगरपालिका
८. भोगेन्द्र यादव शैलुङ्ग गाउँपालिका
९. सिताराम ओली मेलुङ गाउँपालिका
१०. भैरब बहादुर बुढाथोकी मेलुङ गाउँपालिका
११. सुदिप काफ्ले तामाकोसि गाउँपालिका
१२. चन्द्र बहादुर जिरेल बैत्यश्वर गाउँपालिका
१३. पासाङ रिन्जी शेर्पा जिरी नगरपालिका
१४. शान्ति प्रसाद दाहाल गौरीशंकर गाउँपालिका
१५. बिरेश वहादुर जिरेल गौरीशंकर गाउँपालिका
जिल्ला कृषि विकास कार्यालय
१. अरुण कुमार काँपर गौरीशंकर गाउँपालिका
२. प्रेम बहादुर खत्री जिरी नगरपालिका
३. बिष्णुदेव शाह विगु गाउँपालिका
४. टिका बहादुर खत्री तामाकोसि गाउँपालिका
५. होम प्रसाद दाहाल बैत्यश्वर गाउँपालिका
६. संजिता देवी सुनुवार भिमेश्वर नगरपालिका
७. काजीमान प्रधान मेलुङ गाउँपालिका
८. बिनोद रोका शैलुङ्ग गाउँपालिका
९. टोप बहादुर विष्ट कालिञ्चोक गाउँपालिका
१०. ईन्द्र कुमार राई जिरी नगरपालिका
महिला विकास कार्यालय
१. रमादेवी ओली कालिञ्चोक गाउँपालिका
२. आशा माझी तामाकोसि गाउँपालिका
३. शान्ति खड्का (खत्री) बैत्यश्वर गाउँपालिका
४. ललितकला थापा मेलुङ गाउँपालिका
५. दुर्गा न्यौपाने शैलुङ्ग गाउँपालिका
जिल्ला विकास समिति
१. मधुसुदन आचार्य गौरीशंकर गाउँपालिका
२. वलराम वस्नेत भिमेश्वर नगरपालिका
३. कुमार घिमिरे वैत्यश्वर गाउँपालिका

 

VIEWS: 420