कपिलको ग्रह-नक्षत्र ठीक छैन, विवादै विवादको भूमरीमा यसरी फस्दैछन् ?

Monday, April 3rd, 2017 |

यतिबेला एकपछि अर्को समस्यामा फस्दै गएका छन्, कमेडियन कपिल शर्मा । करियरको त्यो उचाईमा पुगेका उनी किन यसरी पछारिदैछन् ?

हिजो अर्थात अप्रिल २ मा उनको जन्मदिन । यहि मेसोमा एक हिन्दी अनलाइनले कपिल शर्माको ग्रहदशा हेराएका छन्, नामुद ज्योतिषसँग । ज्योतिष भन्छन्, ‘कुम्भ राशीका कपिलले अझै तमाम समस्याबाट उम्कन १ बर्ष संघर्ष गर्नुपर्नेछ । यसबीचमा उनले धेरैजसो अशुभ घटनाको सामना गर्नुपर्ने देखिएको छ ।’

सेप्टेम्बर १२ पछि उनले मानसिक रुपले राहत पाउनेछन् तर, त्यसपछि पनि उनले अरु शारीरिक कष्ट भने झेल्नुपर्ने ज्योतिषको भनाई छ ।

VIEWS: 125